ज्योतिषशास्त्र

शनिवार शनिदेवको विशेष लाभका लागि गरौ यी उपायहरु

हिन्दु धर्मशास्‍त्रको अनुसार शनिदेव सूर्यदेव र देवी छायाका पुत्र हुन् । शुद्ध मनबाट प्रत्‍येक शनिवारको दिन व्रत राख्दा शनि अत्यन्त प्रसन्‍न हुन्छन् । यस्तो गर्ने ब्यक्तिमाथि उनको कुपित दृष्‍टि पर्दैन । शनिको प्रभाव पनि खत्तम हुन्छ । नव ग्रहहरुमा सातौ ग्रह मानिने शनिदेवसंग मनुष्य सबैभन्दा ज्यादा डराउन्छन तर शनि कसैको अहित गर्दैनन् । उनी ब्यक्तिहरुको कर्म अनुसार न्‍याय गर्छन् । शायद त्यसैले उनलाई न्‍यायाधीशको रूपमा पनि जानिन्छन । शनिवारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्‍त हुन्छ । यसको अलावा कुंडलीमा भएको कमजोर शनिको प्रभाव पनि नाश हुन्छ ।

विशेष लाभका लागि गरौ यी उपायहरु

यसदिन केहि खास उपाय पनि गर्न सकिन्छ । जस्तो सूर्योदय भन्दा पहिला शरीरमा तेल मालिश गरेर स्नान गरौ । यस दिन ब्रह्मचर्यको पालन गर्दा लाभ मिल्छ । कुनै पनि यात्रा नगरौ । गाई र कुकुरलाई तेलमा बनेको चीजहरु खिलाउ यसले विशेष लाभ हुन्छ । यसदिन शनि मन्दिरमा शनिदेवको साथै हनुमान जीको दर्शन गर्नु शुभ हुन्छ । शनिदेवको आँखामा हेर्नुहुदैन र प्रयास गरौ कि शनिवारको दिन सूर्य देवको पूजा नगरौ ।

ध्यान दिनुपर्ने कुराहरु

१. हरेक शनिवार मन्दिरमा तोरीको तेलको दियो जलाउ । ध्यान राखौ कि यो दियो उनको मूर्तिको अगाडि नभएर मन्दिरमा राखेको उनको शिलाको अगाडि जलाउ ।

२. यदि आसपास शनि मन्दिर नभएमा पीपलको रुखको अघि तेलको दियो जलाउं । यदि त्यो पनि नभए तोरीको तेल गरीबलाई दान गरौ।

३. शनिदेवलाई तेलको साथै तिल, कालो दाल या कुनै कालो वस्तु पनि भेंट गरौ।

४. भेंट पश्चात शनि मन्त्र वा फेरि शनि चालीसाको जाप गरौ ।

५. शनि पूजा पश्चात हनुमान जीको पूजा गरौ । उनको मूर्तिमा सिन्दूर लगाउ र केला अर्पित गरौ ।

६. शनिदेवको पूजामा यस मन्त्रको जाप गरौ : ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम:

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

शनिबार यी चीजहरु नखाँदा राम्रो

शनिबार जन्मेका मानिसको भविष्य र आचरण

शनिबार के के काम गर्दा सफलता मिल्छ ?

शनिबार यी कामहरु भुलेर नगर्नुहोस्

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!