ज्योतिषशास्त्र

शुक्रबार लक्ष्मी र शुक्र ग्रहको पूजा गरेमा मिल्नेछ यस्तो लाभ

शुक्रबार लक्ष्मी र शुक्र ग्रहको पूजा गरेमा मिल्नेछ यस्तो लाभ ! ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ ।

ज्योतिषशास्त्र अनुसार हिन्दू धर्मावलम्बीले शुक्रबारको दिन लक्ष्मी र शुक्र ग्रहको पूजा आराधना गरे घरमा धनका साथै समृद्धि लाभ हुनेछ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्यापउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । यो दिन सेतो कपडा लगाउनुपर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । यो दिनमा अमिलो खानु राम्रो मानिदैन ।

शुक्र ग्रहको पूजा

शुक्रबारको दिन शुक्र ग्रहको पूजा गरे प्रेम र धन प्राप्त हुन्छ । ग्रहहरुमा सबैभन्दा चम्किलो ग्रह शुक्र हो । शुक्र ग्रहलाई प्रेमको प्रतीक मानिन्छ । जसको जन्म कुन्डलीमा शुक्र आफ्नो दशाको कारण अशुभ फल दिइरहेको छ । र यसको प्रभावले विभिन्न रोगको सामना गर्नु परिरहेको छ भने शुक्रलाई खुशी बनाए बिग्रिएको ग्रह सही हुन सक्छ । शुक्रले मुख्य रुपमा हाम्रो जीवनको सुखसँग सम्बन्ध राख्दछ । वैभव, ऐश्वर्य, सम्पदा र प्रसिद्धि शुक्र ग्रहको कृपाबाट प्राप्त हुन्छ ।

शुक्रलाई प्रशन्न पार्ने उपाय

शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ । शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । यस वस्तुहरुको दान शुक्रबारको दिन सन्ध्या कालमा कुनै युवतीलाई दिनु उत्तम हुन्छ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

शुक्रबार के के काम गर्दा सफलता मिल्छ ?

शुक्रबार जन्मेका मानिसको भविष्य र आचरण

शुक्रबार यसरी महाकालीको पूजा गरेमा मिल्नेछ यस्तो लाभ

शुक्रबार लक्ष्मी र सन्तोषी माताको व्रत बसी पुजा गरेमा मिल्नेछ यस्तो लाभ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!