मुख्य समाचार

उल्का वर्षा आज राति हेर्न सकिने

९ वैशाख, काठमाडौं । आज आइतबार राति १ बजेदेखि सूर्योदयसम्म उल्का खसेको हेर्न सकिने छ । अत्यधिक सक्रियताको समयमा १५–२० वटा उल्का खसेको देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । वैशाख ५ देखि नै वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) सक्रिय छ । यो वैशाख १२ गतेसम्म सक्रिय रहनेछ ।

पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी जब पुच्छ्रेताराको कक्षको नजिक आइपुग्छ तब धुलोका कणहरु र चट्टानहरु तीब्र गतिमा पृथ्वीको वायुमण्डलमा ठोक्किएर जल्दछन् । यसैलाई खगोल विज्ञानमा उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ पनि भनिन्छ।

यो पनि पढ्नुहोस्

के हो उल्का वर्षा ? यो कसरी हुन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!