विज्ञान जिज्ञासा

के हो उल्का वर्षा ? यो कसरी हुन्छ ?

कहिलेकाहिँ राति आकाशमा तारा खरेको त हामीले देखेकै छौ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी जब पुच्छ्रेताराको कक्षको नजिक आइपुग्छ तब धुलोका कणहरु र चट्टानहरु तीब्र गतिमा पृथ्वीको वायुमण्डलमा ठोक्किएर जल्दछन् । यसैलाई खगोल विज्ञानमा उल्कावर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ पनि भनिन्छ।

थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा आज राति उल्का वर्षा देखिन्छ । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ । पुछ्रेतारा वा धुम्मकेतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन् जुन लाखौं किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धूलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!