धर्म-सस्कृति

ऋषि पञ्चमीमा दतिवनको प्रयोग किन गरिन्छ ?

ऋषि पञ्चमीमा दतिवनको प्रयोग किन गरिन्छ ? जानी राखौ ! हिन्दु समाजमा दतिवन एक किसिमको धार्मिक तथा आयुर्वेदिक जङ्गली बोट हो । दतिवनलाई संस्कृत भाषामा अपामार्ग भनिन्छ । आयुर्वेद उपचार पद्धतिमा यसकाे ठूलाे महत्त्व छ । ऋषिपञ्चमीमा यसरी प्रयाेग गरिने दतिवन स्वास्थ्यका दृष्टिले पनि महत्त्वपूर्ण छ । ऋषिपञ्चमी हिन्दु महिलाहरूको विशेष पर्व हो । यो दिन महिलाहरूले बिहान सबेरै उठी शरीरको शुद्धि गर्ने परम्परा छ ।

याे वैदिक कालदेखि नै चलनमा आएको वनस्पति हो । ऋषिपञ्चमका दिन महिलाहरूले ३६५ दतिवनका आँख्लाले दाँत माझ्ने र ३६५ वटै पातले नजीकैको नदी, तलाउ वा धारा तथा कुवामा गई स्नान गर्नाले पाप मोचन हुने धार्मिक विश्वास छ । हाम्रो परम्परामा धार्मिक रूपले अति नै महत्त्वपूर्ण वनस्पतिका औषधीय गुण पनि ज्यादै धेरै छन् । हरितालिका तीजको अघिल्लो दिन दरखाने दिन अपामार्गको बिज दूधमा पकाएर खाँदा मस्तिष्क रोग ठिक हुन्छ भन्ने मान्यता पनि रहेको छ । अपमार्गको विउको भात बनाएर खाएमा एक हप्तासम्म भोक लाग्दैन भनेको छ ।

दाँत दुख्दा, गिजा कमजोर भएमा र मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरा राम्ररी सफा गरेर दात माझ्ने गरिन्छ । दतिवनको पात, फूल, जरा, बीउ, डाठ लगायतका सम्पूर्ण अङ्ग नै औषधीय गुणले भरिएको हुन्छ । अपामार्गले दतिवन गर्दा दाँत बलियो हुन्छ । अपामार्गको क्षारले मिर्गौलाको पत्थरी झार्छ । यसले बात रोगमा पनि फाइदा गर्छ ।

२-३ थोपा रस राख्दा कान दुखेको समस्यामा फाइदा गर्छ । अपामार्ग अरू धेरै रोगमा प्रयोग गरिन्छ । पिसाबका समस्या, पाचनका समस्या, ज्वरो आदिमा पात डाँठ जरा आदि पञ्चाङ्गको काढा पकाएर खाएमा लाभ हुञ्छ । विषमारकका रूपमा यो अति नै प्रसिद्ध छ । नियमित रूपमा दतिउनले दाँत माज्नाले विच्छी सर्प आदिको विष सजिलै लाग्न नसक्ने कुरा बताइएको छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

अपमार्ग र यसको महत्व

अपमार्गको तान्त्रीक प्रयोग

जडिबुटी अपमार्ग र यसको प्रयोग

यस्ता छन् अपमार्ग (दतिवन) का फाइदाहरू, जानी राखौ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!