यौन जिज्ञासा

गर्भ रहे नरहेको थाहा पाउने ५ लक्षणहरु

गर्भ रहे नरहेको थाहा पाउने ५ लक्षणहरु ! खासगरी नियमित सहवासमा हुने बिवाहित महिलामा जब नियमित रुपमा भइरहेको मासिक श्राव रोकिन्छ भने कतै गर्भ त रहेन ? भन्ने आशंका मनमा उब्जन्छ । यससँगै उनीहरुको मनमा अर्को प्रश्न आउँछ, मासिक श्राव भएको कति दिनपछि गर्भ रहन्छ ? गर्भवती भएको कसरी थाहा पाउने ? कसरी थाहा पाउने गर्भ रहे नरहेको ?

हुनत आज भोलि गर्भवती भए नभएको कुरा पत्ता लगाउने अनेक उपाय छन् । प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भ यकिन गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने विधिहरु सर्वसुलभ हुँदैनन् । यस्तो बेला कसरी थाहा पाउने आफू गर्भवती भएको कुरा ? यी हुन् गर्भ रहे नरहेको थाहा पाउने ५ लक्षणहरु, जानी राखौ ।

१. तपाईं अन्तिम पटक महिनावारी भएको कुरा याद गर्नुहोस् । यदि नियमित महिनावारी हुने गर्नु भएको छ भने तपाईंको महीनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईं गर्भवती हुनु भएको छ ।

२. स्तनको आकारमा परिवर्तन देखिन सक्छ । तपाईलाई लाग्नसक्छ कि तपाईंको स्तनको मुन्टो केही रसिलो भएको हुनसक्छ र स्तनको आकारमा पनि वृद्धि भएको हुनसक्छ । यस्तो भयो भने तपाई गर्भवती हुनुभएको अनुमान लगाउन सकिन्छ ।

३. केही नखाँदा पनि गनाएको जस्तो हुने, हरेक कुरामा गनाएको आभास हुने, वाकवाकी तथा वान्ता नै आयो भने पनि तपाईं गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ ।

४. दिक्क लाग्ने, दिशापिसाव लागेजस्तो हुने तर नलाग्ने, मुड परिवर्तन भइरहने अर्थात घरी रिस उठ्ने घरी शान्त रहन मन लाग्छ ।

५. घरी-घरी पिसाव लागिरहने भयो भनेपनि तपाईं गर्भवती हुनुभएको हुनसक्छ । यस्ता लक्षणहरु देखिनासाथ गर्भको परीक्षण गराई हाल्नु पर्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

गर्भवती र रक्तचाप

गर्भावस्था र यौनसम्पर्क

गर्भ कसरी रहन्छ ? 

गर्भपतनको अधिकार र जिम्मेवारी

कुन समयमा यौन सम्पर्क राख्दा गर्भ बस्छ ?

प्राकृतिक गर्भनिरोधक औषधि अरंडि (लेंडी)बारे जानकारी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!