स्वास्थ्य

यस्ता छन् अपमार्ग (दतिवन) का फाइदाहरू, जानी राखौ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अपमार्ग नेपालको खाली जमिनमा पाइने बहुमुल्य औषधिको रूपमा प्रचलित छ । यो औषधिलाई नेपाली भाषामा दतिवन भन्ने गरेको पाइन्छ । तिहारमा महिलाहरूले यो दतिवन प्रयोग गर्दा रोग बेद हटाउनुको साथै पन्छेको बेला छोइएको भए पाप नाश गर्छ भनेर यो जडिबुटिलाई प्रयोग गरेको पाइन्छ ।

आयुर्वेदमा औषधिको रूपमा धेरै प्रयोग हुदै आएको छ । आज अपमार्गको बारेमा मेरा पाठकहरूलाई अपमार्गको रहस्य खोल्नेछु । जुन कुरा कतिय आयुर्वेदका जानकारलाई समेत थाहा नहुन सक्छ । आजको लेखमा यसको प्रयोगबाट के कस्ता फाइदा हामी हाम्रा बिरामी दाजुभाईलाई जानकारी दिने प्रयत्न गर्नेछौं ।

अपमार्गको थुप्रै तान्त्रीक प्रयोग गर्न सकिन्छ । नेता बन्न इच्छा गर्नेहरुले यस्को टिका नियमित लगाउनाले जगत मोहनी गर्छ भनेको छ । एकदिन बिराएर आउने ज्वरो भएमा बाबु भए दाहिने हात र नानी भए देब्रे हातमा बाध्नाले ज्वरो निको हुन्छ । प्रसव पिडा भएमा अपमार्गको जरा छुना साथ बच्चा जन्मन्छ । अपमार्गको विउको भात बनाएर खाएमा एक हप्तासम्म भोक लाग्दैन भनेको छ ।

अपमार्गका १० फाइदाहरू

१. यदि हजुर साइनोसाइटिसको समस्याबाट पिडित हुनुहुन्छ भने या नाक बन्द हुने टाउको दुख्ने जस्तो समस्याबाट पिडित भएमा अपमार्गको बिउलाई मसिनो गरी पिसेर सिसीमा राख्नुहोस् र आवश्याकताको समय सुघ्नुहोस् फाइदा गर्दछ ।

२. अपमार्गको पातलाई पिस्नुहोस् र रसलाई दातमा लगाई दिनुहोस् सात दुख्न सन्चो हुन्छ ।

३. यदि अपमार्गको ताजा जरालाई दतिवनको रूपमा प्रयोग गर्नाले दाँत बलियो हुनुको साथै स्वाश गन्हाउने समस्या हल हुने देखिन्छ ।

४. अपमार्गको जरालाई थिचेर रस निकाल्ने र बराबर मात्रामा तिलको तेल राखेर पकाउने तेल मात्र बाँकी भएपछि ड्रोपरको साहेताले यो औषधि कानमा राख्नाले कम सुन्ने, पाक्ने,दुख्ने जस्ता समस्या ठिक गर्दछ ।

५. जरालाई सफा गरेर चुर्ण बनाएर खान दिएमा कफयुक्त खोकी दम निको हुन्छ ।

६. अपमार्गको दाना २.५० ग्रामको मात्रामा चामलको पानीसित दिनाले पाइल्समा राम्रो फाइदा गर्दछ ।

७. अनियमित मासिक स्राप ठिक समयमा नभएमा अपमार्गको जराको पाउडर ५,१० ग्राम जति केहि दिन दिनाले गर्भधारण हुनेछ ।

८. बच्चा जन्माउदा समस्या भएमा अपमार्गको जरालाई योनी द्वारमा छुनाले चाँडो बच्चा जन्मन्छ ।

९. अपमार्गको जरालाई थिचेर नित्य टिका लगाउनाले जगत बसिकरण हुन्छ ।

१०. अपमार्गको जराको धुलो थोरै दिनाले एंटीवाइरलको सफल उपचार हुन्छ ।

नोट : योग्य वैद्यको परामर्शमा जडिबुटी प्रयोग गर्नुहोस् ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

अपमार्गको तान्त्रीक प्रयोग

कालो हलेदोको सफलाताको तान्त्रीक रहस्य

धतूरोको तान्त्रीक प्रयोग

तुलसीको तान्त्रीक प्रयोग

बरको ताँन्त्रीक प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!