जीवन-दर्शन

जन्मदिन किन मनाउने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामीले आफु जन्मेको दिनलाई जन्मदिन भन्छौ । एउटा सिङ्गो जीवनमा जन्मदिन एकपटक आँउछ, केवल एकपटक, जुन कुरा न जन्मिनेले चाल पाउँछ न जन्माउनेले यही दिन जन्माउँछु भनेर इच्छा गरेको नै हुन्छ । जन्मदिन त हामीले नजानेरै त्यसै दिन मनाइसक्यौँ जुन दिन हामी च्याँच्याँ गर्दै यो नेपाल आमाको भुमिमा पदार्पण गर्यौं ।

जसरी हामीले आफ्नो जन्म दिनको खुसियाली मनाउछौं । त्यसैगरी हामी जन्मेको भुमिको जन्म दिन मनाउनतर्फ हामीले त्यति ध्यान दिन सक्दैनौं मेरो विचारमा यो गलत भए जस्तो लाग्छ । यो धर्तीलाई जन्मदा हामीले पहिलो पाइलाका रूपमा नापेका हुन्छौ । हामी कति स्वार्थमा डुबेका छौं ।

हामीले यो धर्ती नेपाल आमाको कोखबाट हुर्कन सफल त भयौं तर आमाको इतिहास भने खोज्न लागेनौं । जुन स्थानमा हामी खडा छौं जुन माटोले हामीलाई जन्म दिन मनाउन बाध्य बनाएको छ त्यही भुमिको बारेमा हामीले खोज्ने प्रयत्न गरेनौं । पुर्खाले यो नेपाल आमालाई हाम्रो जन्मथलो बनाउदा के कति बलिदान दिन परेको होला यसतर्फ हामीले खोज्ने प्रयत्न गरेनौ ।

जन्मस्मृति वा ‘कथित जन्मदिन’ मनाउने परम्पराका सम्बन्धमा बहस जरुरी छ । जन्मस्मृति आफ्नै प्रयासले ल्याइएको परिवर्तन होइन, यो त आफसे आफ आउने प्रक्रिया हो अनि यो कुनै महत्वपूर्ण प्राप्ति पनि होइन, बरु उल्टै एक थप अमूल्य वर्षको अवसान हो । सबैको जीवनमा नचाहेरै पनि बारम्बार आइरहने यो जन्मस्मृति मनाइरहनुको कुनै तुक छैन ।

यदि मनाउनु छ भने नेपाली भुमिको जन्म दिन मनाउनु पर्छ ताकी विश्वले यो दिनलाई सम्झने प्रयत्न गरोस् । मेरो भनाई कतिपयले नबुझेको पनि हुन सक्छ । चाहे जेहोस् हामीले हरेक बर्ष नेपालको इतिहासलाई सम्झनु पर्छ । जन्म दिन हामी जन्मेको धर्ती माता र जन्म दिने आमाको स्मरण गर्दै मनाउनु पर्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

नेपालको परिचय

खै नेपालीको अन्तर्राष्ट्रिय पहिचान ?

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!