हेल्थ टिप्स

पलेटी कसेर खाना खानुका फाइदाहरु

जमिनमा बसेर मजाले पलेटी कसेर खाना खानुका फाइदाहरु ! नेपाली समाजमा कतिपय त्यस्ता प्रचलन छन्, जो रुढिवादी लाग्छन् । तर, तिनको वैज्ञानिक महत्व पनि उत्तिकै हुन्छ । तर, आधुनिक जीवनशैलीप्रतिको मोहका कारण त्यस्ता कतिपय वैज्ञानिक तरिका छोडिँदैछ । त्यस्तैमध्ये एउटा पलेटी कसेर खाना खाने प्रचलन हो । सहरीकरणको विकास र विदेशी संस्कृतिको प्रभावका कारण अहिले पलेटी कसेर खाने प्रचलन घट्दै गएको छ । डाइनिङ टेबलमा बसेर खाना खानु सानको विषय बन्न थालेको छ । सहरी क्षेत्रमा यसको प्रभाव धेरै छ ।

आजको विकासको क्रमसँगै मानिसका दैनिक व्यवहार र काम गराइमा पनि फरकपन आउन थालेको छ । विज्ञान तथा प्रविधीको विकास र भोग विलासका साधनको उत्पादनका कारण हाम्रो दैनिक जीवन पनि त्यसतर्फ आकर्षित हुँदै गइरहेको छ । यस्तै हाम्रो खाना खाने तरिका पनि बदलिएको छ । हामी अहिले डाइनिङ टेबुलमा बसेर आनन्दसँग चम्चाको प्रयोग गर्दै खाना खाने गर्छौ ।

यो पनि पढ्नुहोस् 

खानापछि निद्रा किन लाग्छ ?

खाना खाँदा अवलम्बन गर्नुपर्ने नियमहरू

महिलाहरुले खानैपर्ने ६ प्रकारका खानाहरु

खाना पकाउन फलामको भाडा किन प्रयोग गर्ने ?

खाना खाने वित्तिकै कहिल्यै पनि यी कामहरु कदापी नगर्नुस्

हामी नेपालीको पुरानो बानी सम्झने हो भने हामी खाना खानका लागि जमिनमा पलेटी कसेर बस्थ्यौ । जमिनमा बसेर पलेटी कसेर खाना खाने हो भने धेरै फाइदाहरू हुने स्वास्थ्य विशेषज्ञहरुको दावी छ । जमिनमा बसेर खाना खाँदा एक विशेष योगाशनमा हामी बस्ने गर्छौ जसलाई सुखासन भनिन्छ । सुखासन पद्माशनको एक रूप हो । सुखासनमा बस्दा पद्माशनमा बस्दा हुने फाइदाहरू नै हुने योगा गुरूहरू बताउँछन् ।

जमिनमा बसेर पलेटी कसेर खाना खानुका फाइदाहरु

१. जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ।

२. सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ ।

३. यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ ।

Like & Follow us on Facebook

४. जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ ।

५. यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ ।

६. यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउँछन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!