हेल्थ टिप्स

हातले खाना खानुका फाइदाहरु

परापुर्वकालदेखि खाना खाँदा हातको नै प्रयोग हुँदै आएको हो तर समय परिवर्तन भएसँगै मानिसहरु खाने तरिका पनि परिवर्तन गर्दै गइरहेका छन् । के तपाईले यस्ता व्यक्ति देख्नु भएको छ जो बिना चम्चा खाना खान चाहदैनन् । मानिसहरु खाना खाँदा अचेल हातको प्रयोग गर्दैनन् । प्राय: मानिसहरु चम्चाले खाना खाने गर्छन् । हातले खाना खाँदा हात फोहर हुन्छ भन्ने सोचमा कतै तपाई पनि पर्नुहुन्छ की ? के तपाई पनि खाना चम्चाले मात्र खाने गर्नु भएको छ, त्यसो हो भने यस्तो बानी आजैदेखि छोड्नुस् । हातले खाना खानुका फाइदा सुन्नु भयो भने तपाई आफै यो बानी छाडिदिनुहुनेछ । अध्ययनले बताए अनुसार विश्वभरको तथ्यांक हेर्ने हो भने धेरै जसो मानिसले चम्चा तथा काँटाले खानुभन्दा हातले खानुमै सहज मान्छन् ।

मानिसमा आधुनिकरण बढ्दै गएको छ । कति मानिस चम्चा तथा काँटाले खानेकुरा खाने गर्दछन् । वर्तमान जीवनशैलीका कारण खाना खानको लागि चम्चा एक अति आवश्यक माध्यम भई सकेको छ । यसकारण अधिकांश मानिसले हातले खाना खान छोडिसकेका छन् । तर पनि हातले खाना खानुको मज्जा बेग्लै छ । मज्जा भन्नुको अर्थ हातले खाना खाँदा केही अन्य फाइदा छन्, शायद कमैलाई थाहा हुनसक्छ । यदि सफा हातले खान खाने हो भने हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । त्यसैले हातले खाना मुसेर खाने गर्नुपर्छ । हातले खाना खाँदा स्वास्थ्यमा हुन सक्ने फाइदाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस् 

पलेटी कसेर खाना खानुका फाइदाहरु

खानापछि निद्रा किन लाग्छ ?

खाना खाँदा अवलम्बन गर्नुपर्ने नियमहरू

महिलाहरुले खानैपर्ने ६ प्रकारका खानाहरु

खाना पकाउन फलामको भाडा किन प्रयोग गर्ने ?

खाना खाने वित्तिकै कहिल्यै पनि यी कामहरु कदापी नगर्नुस्

फाइदाहरु

१. विभिन्न अध्ययनले हातले खाना मुसेर खाने गरेमा हाम्रो शरीरको पाचनतत्व सन्तुलन रहने देखाएको छ । चम्चाले खाँदा यो लाभ मिल्दैन ।

२. हातले खाना खाँदा हाम्रो औँलाहरु एक आपसमा मिल्ने गर्छन् । यसले एक मुद्रा बन्छ र शरीरमा उर्जा उत्पन्न हुने काम हुन्छ, जसले शरीरको स्वस्थ राख्न सहायक हुन्छ ।

३. चम्चाले खाँदा चम्चामा विभिन्न किटाणुहरु हुन सक्छन् । तर खाना खानु अघि हात राम्रोसँग धोएर खाने गरेमा विभिन्न प्रकारका किटाणुको संक्रमणबाट बच्न सकिन्छ ।

४. हातले खाना खाँदा खानको तापक्रम हामी महसुस गर्न सक्छौं । यसले गर्दा हामी खानाले हाम्रो जिब्रो वा मुख पोल्छ कि पोल्दैन भनेर सजिलै थाहा पाउन सक्छौं ।

Like & Follow us on Facebook

५. हातले खाना खानु स्पर्श चिकित्सा समान हो । जब हामी हातले खाना खान्छौं, हातको स्पर्शले हाम्रो हात, मुख, पेट र दिमाग बीच एक प्रकारको सम्बन्ध बन्छ । शरीरको आन्तरिक संकेतको माध्यमले खाना पाचन हुन्छ । यसले कुपोषितबाट बचाउँछ ।

६. अध्ययन अनुसार हातले खाना खाँदा जुन तृप्ती मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन । आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढि पौष्टिक तथा स्वास्थ्यबर्धक हुन्छ । पूर्वीय भोजनहरु खिचडी, दाल-भात, हलुवा, रोटी जस्ता परिकारहरु खानुको असली आनन्द हातबाटै प्राप्त हुन्छ ।

७. पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम हुन्छ र पाचन प्रक्रिया सन्तुलित हुन्छ । कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम हुन्छन् ।

८. जब चम्चाले खाइन्छ तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ । चिसो छ वा तातो छ रु तर हातले खाना खाँदा हामीले यो कुरा थाहा पाउन सक्छौँ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!