मुख्य समाचारविज्ञानसमाचार

नेपालले प्रक्षेपण गरेको भू-उपग्रहको प्रयोजन

५ बैशाख, काठमाडौँ । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ बिहीबार अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार आज बिहीवार बिहान २.३१ बजे अमेरिकाको भर्जिनिया राज्यको वाल्लोस्प टापुस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो । न्युयोर्क समय अनुशार आज दिउसो ४ बजेर ४५ मिनेट जाँदा नेपालको आफ्नै पहिलो स्याटेलाइट स्थापनाका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको अन्तरिक्ष यान न्युयोर्क समय अनुशार शुक्रबार विहान साढे ५ बजे पुग्ने बताइएको छ । नेपालले प्रक्षेपण गरेको भू-उपग्रह यी काममा प्रयोग गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस् 

नेपालको भू-उपग्रह बोकेको रकेटको प्रक्षेपण (भिडियो सहित)

यस्तो छ नेपालले आज प्रक्षेपण गर्ने भू-उपग्रह

प्रक्षेपण गरिएको भू-उपग्रहवाट नेपालले लिने फाइदाहरु

नेपाल अन्तरिक्ष युगमा प्रवेश, प्रक्षेपण गरियो नेपालको भू-उपग्रह

नेपालको भू-उपग्रह बोकेको रकेटमा किन मूसा पठाइयो ?

प्रयोजनहरु

१. यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ्ग् भनिने प्रविधिमा प्रयोग गर्न सकिन्छ ।

२. यसको सहयताले नेपालले आफ्नो भू-भागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिर प्राप्त गर्न सकिन्छ ।

३. स्याटालाइटले तापक्रम, आद्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक लिनको लागि प्रयोग गर्न सकिन्छ ।

४. यसलाई बादलको बहाव हेरेर मौसमको जानकारी दिने काममा प्रयोग गर्न सकिछ ।

Like & Follow us on Facebook

५. यो स्याटालाइटको मुख्य प्रयोग भनेको ‘इमेजरी डाटा’ संकलन गर्नु रहेको छ ।

६. यसलाई ‘टाउन प्लानिङ’ मा पनि प्रयोग गर्न सकिनेछ ।

७. यो स्याटालाइटले हिमनदीको अवस्था, हिमतालको विष्फोटन, हिमपहिरो, हिमाली तथा पहाडी क्षेत्रको जानकारी, भौगोलिक अवस्थाको जानकारीका साथै आगलागी भएको स्थानाहरु समेत पत्ता लगाउन सक्नेछ ।

८. भू-उपग्रह प्रक्षेपणको अनुभवबाट मुलुकमा भू–उपग्रह सम्बन्धि कानून निर्माणमा सघाउ पुग्ने समेत बताइएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!