मुख्य समाचारविज्ञान जिज्ञासासमाचार

नेपालको भू-उपग्रह बोकेको रकेटमा किन मूसा पठाइयो ?

५ बैशाख, भर्जिनिया, अमेरिका । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ बिहीबार अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार आज बिहीवार बिहान २.३१ बजे अमेरिकाको भर्जिनिया राज्यको वाल्लोस्प टापुस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो । न्युयोर्क समय अनुशार आज दिउसो ४ बजेर ४५ मिनेट जाँदा नेपालको आफ्नै पहिलो स्याटेलाइट स्थापनाका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको अन्तरिक्ष यान न्युयोर्क समय अनुशार शुक्रबार विहान साढे ५ बजे पुग्ने बताइएको छ ।

यो पनि पढ्नुहोस् 

नेपालको भू-उपग्रह बोकेको रकेटको प्रक्षेपण (भिडियो सहित)

यस्तो छ नेपालले आज प्रक्षेपण गर्ने भू-उपग्रह

प्रक्षेपण गरिएको भू-उपग्रहवाट नेपालले लिने फाइदाहरु

नेपाल अन्तरिक्ष युगमा प्रवेश, प्रक्षेपण गरियो नेपालको भू-उपग्रह

उक्त अन्तरिक्ष यानले ७६ सय पाउण्ड सामाग्रीहरु बोकेर उडेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेका कर्मचारीहरुका लागि आवश्यक शोध, सप्लाइ र हार्डवेयर सामाग्रीहरु बोकेर यान त्यसतर्फ उडेको हो । सानै आकारको भएपनि नेपाली स्याटेलाइट प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक संजालमार्फत खुशी व्यक्त गरिरहेका छन् ।

Like & Follow us on Facebook

अन्तरिक्ष यानमा ४० वटा जीवित मुसाहरु पनि पठाइएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा काम गरिरहेका ६ जना कर्मचारीहरुले यो सबै सामान प्राप्त गर्नेछन् । मुसाहरु भने एन्टी टिटानस भ्याक्सिनको प्रभावकारिता परिक्षणका लागि पठाइएको हो । २० वटा मुसालाई अन्तरिक्षमा भ्याक्सिन दिइनेछ भने अरु २० वटालाई दिइने छैन । पृथ्वीमा आइसकेपछि ती मुसाहरुले भ्याक्सिनमा कस्तो प्रतिकृया जनाउनेछन् भन्नेबारे वैज्ञानिकहरुले अनुसन्धान गर्नेछन् ।

मुसाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!