खानपान

बाँसको तामा खानुका फाइदाहरु

बाँसलाई ‘घाँसको राजा पनि भन्ने गरिन्छ । बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ । एसियामा यो प्रचलित सब्जी तामालाई हामी अचार वा सब्जीको रूपमा प्रयोग गर्दछौं । धेरै प्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौँ, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ । ठूला बाँसको तामा भन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ।

बाँसको तामा नेपालको रैथाने तरकारीको परिकार हो । तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो । मामा भिटामिन बीट, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ ।

यो पनि पढ्नुहोस् 

एभोकाडो खानुका फाइदाहरु

आँप खानुका फाइदाहरु

मेवा खानुका फाइदाहरु

स्याउ र यसको फाइदाहरु

लौकाको जुसका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

फाइदाहरु

१. बाँसको तामामा प्रोटिन मात्रा भरपुर हुने भएकाले शरीरको रोगप्रतिरोधक क्षमता बढ़ाउँछ ।

२. तामाको सब्जी खनाले पाचन समस्याका लागि लाभदायक हुन्छ ।

३. फोक्सो सम्बन्धी समस्या होस् वा रुघाखोकी त्यसको नियन्त्रणको निम्ति तामा निकै
लाभदायक हुन्छ ।

४. यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ, त्यसैले मधुमेहका रोगीहरूका लागि तामा निकै लाभदायक हुन्छ ।

५. उच्च रक्तचाप भएकालाई तामा उपयुक्त सब्जी हो ।

६. पेटको दुखाइका साथै अल्सर तथा आन्द्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ ।

७. यसमा क्यालोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन ।

८. यो मुटुको निम्ति मैत्री खाद्य हो । यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ।

Like & Follow us on Facebook

९. यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ

१०. तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल, एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ ।

११. तामाले पिसाबथैलीका कतिपय समस्याहरूलाई निको पार्न औषधिको काम गर्छ ।

१२. तामामा प्रोटिन उपयुक्त हुन्छ, जसले गर्दा श्वाश-प्रश्वाशका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ ।

१३. झाड़ा-पखला लाग्दा र पेटमा ग्यास बढ़ेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औषधीको काम गर्दछ ।

१४. यसमा अति न्युन क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन ठूलो सहयोग पुर्‍याउँछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!