स्वास्थ्य

पाठकहरुको जिज्ञासा र समाधान

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज हामीले पाठकहरुका केहि महत्वपूर्ण जिज्ञासा समाधान गर्नेबारे जानकारी दिने प्रयत्न गर्दैछौं । कतिपय कुराहरु समयमा जानकारी पाउन सके आफुलाई बचाउन सकिने देखिन्छ । यस्ता कुराहरु आफुले पनि जान्ने र अरूलाई सेयर गरेर जानकारी पुराउने काममा जुटौ भन्ने हामी चाहन्छौं ।

१. मलाई केही भएको छैन, किन औषधि खाने ?

कहिलेकाहीँ रक्तचाप बढी हुँदा पनि लक्षण नदेखिएमा किन औषधि खाने भन्ने जिज्ञासा जाग्न सक्छ । औषधि सेवन गरिरहेको बेला एक्कासी औषधि बन्द गर्दा रक्तचाप बढ्ने हुन सक्छ । कहिलेकाही उचित खानपिन र व्यामको कारणले रक्तचाप कम हुन थालेमा औषधिको मात्रा कम गर्दै बन्द गर्नुपर्ने पनि हुन सक्छ । बन्द गर्नुपुर्ब डाक्टरको परामर्श लिनु आवश्यक छ ।

यो पनि पढ्नुहोस्

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

रक्तचापवाट कसरी बच्ने ?

रक्तचाप र यसका श्रेणीहरु

यस्ता छन् जानौ उच्च रक्तचापका कारणहरू

२. खादै गरेको औषधि के छोड्न मिल्छ ? के यो औषधि बाचुन्जेल खानुपर्छ ?

उच्च रक्तचाप (Blood Pressure) को औषधि सेवन गरेपछि बिचमा छोड्नु हुदैन । यदि छोड्नुपर्ने देखिएको अवस्थामा डाक्टरको परामर्श लिएर मात्र छोड्न सकिन्छ । रक्तचापलाई Silent Killer भन्दछन् । यसले सुचना नदि मार्न र प्यारालाइसिस गराउन सक्छ । रक्तचाप यदि बढी छ भने डाक्टरको परामर्शमा औषधि सेवन गर्नुपर्छ ।

३. रक्तचापको औषधि सेवन गर्दा मिर्गौला खराब हुन्छ भन्छन् नी ?

उच्च रक्तचापमा रक्तचाप कम गर्ने औषधि सेवन गर्दैमा मिर्गौला खराब हुने होइन बरु यसलाई बचाउने काम गर्दछ ।

४. रक्तचापको औषधिले खुट्टा सुनिन थाल्यो

कहिलेकाही एम्लोडिपिन (Amlodipine) नामको औषधि सेवन गर्दा कुनै कुनै व्यक्तिमा खुट्टा सुन्निन सक्छ । यदि बढी सुनिन्छ भने औषधिको मात्रा घटाउन वा वैकल्पिक औषधिमा जान सकिन्छ । यस्तो समस्या देखिएमा डाक्टरसंग परामर्श लिएर औषधि बदल्न सकिनेछ ।

५. औषधि सेवन गर्दा चक्कर लाग्छ के गर्ने

शुरु शुरुमा लोसारटेन, इनालाप्रिल समुहका औषधि सेवन गर्दा चक्कर लाग्न सक्छ । यस्ता औषधिले शरीरका रक्तनली बढी फुकाउने (Vasodilator) हुनाले एक्कासी उभिंदा रगतको बढी हिस्सा शरीरको तल्लो भागमा खिचिनुको कारणले चक्कर लाग्न सक्छ । यदि बढी नै समस्या देखिएको खण्डमा डाक्टरको परामर्शमा बैकल्पिक मार्ग अपनाउन सकिन्छ ।

Like & Follow us on Facebook

६. घरमा ठिक थियो तर अस्पताल आएपछि बढी देखियो

केहि हदसम्म यो ठिक होला जस्तो लाग्छ । २० देखि २५ प्रतिशत बिरामी घरमा ठिक भएपनि अस्पताल आएर जचाउदा बढी देखिनुमा डर र त्रासले गर्दा भएको अनुमान लगाउन सकिन्छ । यस्तो समस्या हल गर्न (Ambulatory BP Measurement) प्रयोग गरेर २४ घण्टासम्म रक्तचाप नाप्ने प्रविधिबाट रोग पत्ता लगाउन सकिन्छ ।

७. प्रेसरका कारण मुखमा नुन हालेको छैन

नुन र रक्तचापको बारेमा लेख्नुपुर्ब नुनमा पाइने सोडियम शरीरका लागि आवश्यक छ । पुरा रोक्दा नकरात्मक असर देखिन सक्छ । रक्तचाप बढेको भन्दैमा नुन खान बन्द गर्नुहुदैन किनभने हाम्रो शरीरलाई चाहिने नुन अपुग हुन सक्छ । नुनको सेवन कम गर्दा हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!