स्वास्थ्य

काँचो खाना खाँदा सोचौं

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज काँचो खानाबाट जति फाइदा जनताले आफ्नो स्वास्थ्यमा लिन सक्थे तर हरेक काँचो तरकारीमा कहि न कहि खराबी छ भन्ने कुरा देखाउनाले मानव स्वास्थ्यसंग खेलवाड भएको देखिन्छ । कुनै पनि काँचो खानाले स्वास्थ्यमा नकरात्मक प्रभाव हुन सक्छ भन्ने गलत समाचार वा ठोस प्रमाण नभई गरेको कामले फाइदा होइन बेफाइदा भएको छ ।

यो पनि पढ्नुहोस्

शाकाहार : जीवनको आधार (वैज्ञानिक तथ्य र प्रमाणहरू माथिको पुनरावलोकन)

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

विषाक्त फलफूल र तरकारीलाई विषरहित बनाउने तरिका

यसरी गर्नुहोस् ! अम्लिय भोजन र क्षारीय भोजनको सन्तुलन

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?

के तपाई फलफूलका बोक्रा फाल्नुहुन्छ ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु र जडीबुटीहरु

प्रकृतिको उपहारमा खराबी नहोला भन्न सकिन्न तर यसलाई सहि तरिकाले सेवन गर्न सकेमा मलाई लाग्छ यसले फाइदा गर्छ बेफाइदा गर्दैन । मैले केही महिना पहिले बन्द गोभीमा टेपवर्म भेटिएको भन्ने समाचार पढेको थिए तर यो गलत हुन सक्छ । टेप्वर्म होला किनभने इन्डियामा तरकारीमा मानिसको दिशा प्रयोग गरेको पाइन्छ । यसरी उत्पादन भएको तरकारी नेपाल भित्रने गर्दा नेपालीहरू उच्च जोखिममा रहेको केहिको मत छ ।

कुनै पनि बस्तु सफा नगरी खाइन्छ भने त्यसमा जे पनि हुन सक्छ । मेरो सुझाव के छ भने हामीले खाने हरेक बस्तुमा निगरानी आवश्यक छ । जबसम्म हामीले स्वास्थ्यप्रति चासो दिन सक्दैनौ त्यहा घटना नघट्ला भन्न सकिदैन । विदेशी सामानमा निगरानी बढाउन आवश्यक छ ।

Like & Follow us on Facebook

हरेक फोहर खानामा किटाणु हुन्छ तर त्यसलाई सफा गरेर खाने बानी बसाल्नाले स्वास्थ्यमा फाइदा नहोला भन्न सकिदैन । आजको लेखमा मैले आफ्नै करेसाबारीमा तरकारी रोपेर खान सके ठिक हुनेबारे प्रकाश पार्ने जमर्को गर्दैछु । काँचो खाना पाकेको खाना भन्दा धेरै पौष्टिक भएको देखेको छु । काँचो खानालाई सफा गरेर खाने बानी बसालौं भन्ने मेरो सुझाव छ । काँचो खानामा बढी क्यालोरी हुने भएकाले सफा गरेर खाने बानी बसालौं भन्ने हाम्रो सुझाब छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!