नीति

चाणक्य नीति अनुसार किन जरुरी छ नुहाउनु ?

चाणक्य नीति अनुसार किन जरुरी छ नुहाउनु ? चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए।  उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आज पनि सर्वत्र चर्चा हुने गर्दछ ।

चाणक्यका अनुसार स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । यसकै कारणले स्वास्थ्यको सम्बन्धमा कयौं प्रकारका नियम बनेका छन् । राम्रो खानपान, रहनसहन र बानी व्यहोराले गहिरो प्रभाव पार्छ । कयौं रोग त केवल नुहाएर नै खत्तम हुन्छ ।  चाणक्य नीति अनुसार  नुहाउनुपर्ने कारणहरु यस प्रकार छन ।

१.   हिन्दू धर्ममा शारीरिक र आत्मिक स्वच्छताका लागि मानिसले सम्भोगपछि पनि नुहाउनुपर्छ ।

२.   चाणक्य नीति अनुसार सम्भोगपछि स्नान गर्नु अत्यन्त आवश्यक छ ।

३.  सम्भोगपछि कुनै पनि धार्मिक क्रियामा सामिल हुनुलाई राम्रो नमानिने भएकोले पनि सम्भोगपछि स्नान गरी कुनै कार्यमा समावेश हुन सकिन्छ ।

४. हिन्दू धर्मशास्त्र अनुसार सर्वप्रथम ब्रह्ममुहूर्तमा अर्थात विहान ४–५ बजेको बीचमा नुहाउदा मानिसले जीवनलाई स्वास्थ्य वनाई आफ्नो आयु वढाउन सक्छ ।

५. हिन्दू धर्मशास्त्र अनुसार पुरै शरीर धुनुभन्दा पनि हातखुट्टा धुनुलाई निकै महत्वपूर्ण मानिन्छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले आफ्नो हात र खुट्टा अनिवार्य धुनुपर्छ । यसका साथै खाना खानुभन्दा पहिला र खाइसकेपछि पनि हात खुट्टा धुनुपर्छ ।

६. हिन्दू धर्मशास्त्रहरुमा शरीरमा स्वच्छ पानी खन्याउँदा आत्मिकका साथै शारीरिक शक्तिमा पनि बल मिली तपाईको मांसपेशिहरु पनि मजबुत हुन्छ र मस्तिष्क खुल्छ ।

७.  चाणक्य नीति अनुसार स्नानको बहुमूल्य महत्वहरुका विषयमा बताइएको छ । उनका अनुसार ४ महत्वपुर्ण कार्यले गर्दा मनुष्यले स्नान अवश्य गर्नुपर्छ ।

(क) यदि ननुहाउनाले व्यक्तिको शारीरिक स्वास्थ्यलाई हानी पुर्याउनुका साथै अध्यात्मिक शक्तिको पनि नाश हुन्छ ।

(ख) चाणक्य नीति अनुसार अन्तिम संस्कारबाट फर्किएपछि व्यक्तिको घर प्रवेश गर्नुभन्दा पहिला अनिवार्य स्नान गर्नुपर्छ । मृत्युपछि शरीरभित्र रहेको रोग प्रतिरोधक क्षमता समाप्त हुन्छ र मृतकको शरीरबाट धेरै ब्याक्टेरिया उत्पन्न हुन्छ, यी ब्याक्टेरिया अन्य मानिसहरुलाई नोक्सान पुगाउँन सक्छन् ।

(ग) मृतकको शरीर जब पञ्च तत्वमा विलिन हुन्छ तब ब्याक्टेरिया निक्लेर बाहिर आउँछ र बाहिर उभिएका मानिसको शरीरमा आउँछ । घर प्रवेश गर्दा पहिले यदि स्नान गर्नुभयो भने यी ब्याक्टेरिया तपाईको शरीरबाट हट्छ ।

(घ) चाणक्यका अनुसार कपाल काटिसकेपछि स्नान गर्नुपनि निकै जरुरी छ, ताकि काटेको कपाल तपाईको शरीरबाट पखालियोस् । किनकि यदि यो कपाल हाम्रो शरीरमा रह्यो भने यसले ब्याक्टेरियालाई आमन्त्रण गर्नेछ जसले निश्चित रुपमा तपाईको स्वास्थ्यलाई नोक्सानी पुगाउँछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!