नीति

चाणक्य नीति अनुसार ४ काम सकिएपछि नुहाउनु उत्तम

चाणक्य नीति अनुसार ४ काम सकिएपछि नुहाउनु उत्तम ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए।  उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आज पनि सर्वत्र चर्चा हुने गर्दछ ।

चाणक्यका अनुसार स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । धेरै जसो मानिसहरू विहान उठ्ने वित्तिकै दिनमा एक पटक मात्र नुहाउँछन् । तर चाणक्यका अनुसार त्यसबाहेक अन्य अवस्थामा पनि मानिसलाई नुहाउन अति जरुरी मानिन्छ  । कयौं रोग त केवल नुहाएर नै खत्तम हुन्छ । चाणक्य नीति अनुसार  ४ काम सकिएपछि नुहाउनु उत्तम यस प्रकार छन ।

१. पहिलो – सम्भोगपछि

आचार्य चाणक्य भन्नु हुन्छ महिलासँग शारीरिक सम्बन्ध राखे पश्चात् नुहाउनु जरुरी हुन्छ । किनकी यस कार्य पश्चात् शरीर स्वभावैले फोहर हुने हुँदा अपवित्र मानिन्छ । कुनै धार्मिक कार्यको लागि पनि योग्य ठहरीँदैन साथै यस काम पछि विना नुहाई धुवाई कहिँ बाहिर पनि नजानु वेश हुन्छ ।

२. दोश्रो – शवयात्रा गई फर्केपछि

चाणक्य नीति अनुसार अन्तिम संस्कारबाट फर्किएपछि व्यक्तिको घर प्रवेश गर्नुभन्दा पहिला अनिवार्य स्नान गर्नुपर्छ । मृत्युपछि शरीरभित्र  रहेको रोग प्रतिरोधक क्षमता समाप्त हुन्छ र मृतकको शरीरबाट धेरै ब्याक्टेरिया उत्पन्न हुन्छन , जुन हाम्रो शरीरका विभिन्न भागमा टाँस्सिएका हुन्छन् र त्यसैले त्यसबाट बच्न काम  समाप्त भई  फर्केर पछि नुहाउनु राम्रो हुन्छ ।

३. तेश्रो – कपाल काटेपछि

चाणक्यका अनुसार कपाल काटि सकेपछि स्नान गर्नुपनि निकै जरुरी छ, कपाल काटेपछि ससाना टुक्रा शरीरभरी टाँस्सिएको हुन्छ ताकि नुहाएपछि काटेको कपाल तपाईको शरीरबाट पखालियोस् । किनकि यदि यो कपाल हाम्रो शरीरमा रह्यो भने यसले ब्याक्टेरियालाई आमन्त्रण गर्नेछ जसले निश्चित रुपमा तपाईको स्वास्थ्यलाई नोक्सानी पुगाउँछ ।

४. चौथो – शरीरमा तेल लगाएपछि

स्वस्थ्य शरीर र चमकदार छालाको लागि मानिसले शरीरमा तेल लगाउने गर्छन् । तेल लगाएपछि  शरीरमा भएका छिद्रहरु खुल्छन् र भित्रको मयल बाहिर निस्कन्छ । त्यसैले तेल मालिस गरेपछि नुहाउनु राम्रो मानिन्छ । यसले शरीरको मयल सफा हुनुका साथै शरीरमा लागेको तेल पनि सफा हुन्छ र छाला मा चमक आउँछ । तेल लगाएर ननुहाई बाहिर हिड्नुलाई धार्मिक हिसाबले पनि शुभ मानिदैन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!