खानपान

सरिफा खानुका फाइदाहरु

सरिफा एक समशितोष्ण मनसुनी फल हो । यो वाहिरवाट कठोर भएपनि भित्र धेरै नरम हुन्छ । अग्रेजीमा यसलाइ कस्टर्ड एप्पल भनिन्छ । किम्वदन्ती अनुसार सिता वनवासमा रहेको समय यो फललाइ धेरै रुचाउने गर्थिन । त्यसैले यसलाई सिताफल पनि भनिन्छ । सरिफा शरिरको लागि लाभदायक यो फल अरु फलको तुलनामा फरक हुन्छ ।

यो एउटा अत्यन्त राम्रो स्वादिष्ट फल हुनुको साथै धेरै औषधियगुण भएको मानिन्छ । हाम्रो शरिरलाई स्वस्थ राख्न र रोग व्याधीलाई टाढा राख्न यो फलको सेवनले सघाउछ । यो फलमा मानव स्वास्थ्यको लागि विद्यमान विभिन्न अवयव पाइन्छन् । विभिन्न प्रजातिमा पाईने यो फलमा पोटासियम, भिटामिन, म्याग्नेशियम, कपर, फाईबर, खनिज लगायतका तत्वहरु हुन्छ ।

यो पनि पढ्नुहोस्

एभोकाडो खानुका फाइदाहरु

आँप खानुका फाइदाहरु

मेवा खानुका फाइदाहरु

स्याउ र यसको फाइदाहरु

लौकाको जुसका फाइदाहरु

घ्युकुमारीको जुसका फाईदाहरु

ग्रीन-टी पिउनुका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

फाइदाहरु

१. सर्वगुण सम्पन्न

आयुर्वेद अनुसार यो फल पित्तनाशक, तृषानाशक, वान्ता रोक्ने, पौष्टिक, कफ र विर्यवर्धक, मांस एवं रक्तवर्धक, तृप्तिकर्ता, वात दोष नाशक, बलवर्धक र मुटूको लागि लाभकारी हो ।

२. तौल बढाउन

नियमित सिताफल खाँदा शरिरमा निखारपन आउँछ त्यसका साथै तौल समेत बढाउँछ । सिताफलले तौल बढाएपनि कुनै हानी गर्दैन ।

३. रोग प्रतिरक्षात्मक

यो फल पित्तनाशक, रक्तवर्धक, विर्य वर्धक, मुटू रोगको लागि पौष्टिक तत्वयुक्त हुन्छ । सिताफलमा रहेका विभिन्न पोषकतत्वले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । प्राकृतिक एन्टिअक्सिडेन्ट भिटामिनको कारण शरिरको हानिकारण किटाणुहरु सक्रिय हुन पाउँदैन । पित्त सम्वन्धि रोग हटाउन यसले धेरै सघाउछ ।

४. हृदयघातबाट बच्न

शरिफामा भएको पोटासियम र म्याग्नेसियम मुटूलाई स्वस्थ वनाउन धेरै फाइदाजनक हुन्छ । यसमा भएको पौष्टिकतत्व मुटुलाई वलियो मात्र पार्दैन रोग रहित समेत राख्छ । साथै रक्तचाप समेत नियन्त्रण गर्छ । त्यसैगरी कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्छ ।

५. भिटामिन, खनिजतत्व, प्रोटिन

यसमा भिटामिन सि, बी १, बी २ आदि प्रचुर मात्रामा पाइन्छ । सरिफामा खनिजतत्व, प्रोटिन उच्च मात्रामा हुन्छ ।

६. शिथिलता हटाउन

सिताफलले शरिरमा पानीको मात्रा स्थीर राख्न एकदमै महत्वपुर्ण भूमिका खेल्छ । यसको सेवनले शरिरको दुखाई हटेर जान्छ । सरिफाको सेवनले हामीलाइ उर्जा समेत प्राप्त हुन्छ । जसले शरिरको थकाइ, हाडको कमजोरी कम हुनुको साथै मांशपेशी समेत बलियो हुन्छ । यसमा पाईने म्याग्नेशियमले मांशपेशीको कमजोरी र थकाइ अनुभव हुदैन ।

७. रक्तचाप र मधुमेहका लागि उपयोगी

यसमा धेरै मात्रामा भएको रेसा (फाइवर) र प्रोटिनको उल्लेख्य मात्राले उच्च रक्तचापलाइ कम गर्न र हाम्रो शरिरमा भएको कोलेस्ट्रोललाइ नियन्त्रित गर्न धेरै सघाउछ । मधुमेह पिडितहरूको लागि समेत यो फल धेरै उपयोगी मानिएको छ ।

८. आँखाको सुरक्षा

तेजिलो आँखाको लागि आवश्यक पर्ने भिटामिन ए, भिटामिन सी, लगायतका पोषक तत्व सिताफलमा पाईन्छ । यसको नियमित सेवनले नेत्रशक्ति मजबुत बनाउँछ ।

९. क्यान्सर हुनवाट बचाउछ

प्रसस्त मात्रामा एन्टिअक्सिडेन्ट भएको सरिफाले शरिरलाइ फ्रि र्‍याडिकल्सवाट लडन सघाउछ । जसले क्यान्सर जस्तो रोगवाट वाच्न सकिन्छ ।

१०. पाचन प्रक्रिया बलियो पार्छ

यो फलको सेवनले पाचन प्रक्रियालाई समेत वलियो वनाउछ । कब्जियत, ग्यासको समस्या भएकाहरूको लागि यो उपयोगी हुन्छ । यसमा भएको रेसा हाम्रो पाचन तन्त्रलाइ वलियो वनाउछ । यति मात्र नभई यसको सेवनले तौल बढ्ने समस्या समेत कम हुन्छ ।

११. दाँतको सुरक्षा

सिताफलमा पाईने क्याल्सियम दाँतको लागि अति आवश्यक छ । यसको सेवनले दाँतलाई मजबुत बनाउँछ भने यसको मञ्जन बनाएर दाँत माझ्नाले दुखाई पनि हटेर जान्छ ।

Like & Follow us on Facebook

१२. शरिरमा रगतको कमी हटाउछ

यो फलमा प्रसस्त मात्रामा कपर र आइरन पाइन्छ । यसले गर्दा शरिरमा रगतको कमी हटाउनमा सघाउछ । यति मात्र नभएर यसले रगत सफा समेत गर्छ ।

१३. एलर्जी भएमा

सिताफलको पातमा पनि औषधीय गुण हुन्छ । शरिरको कुनै भागमा चिलाएमा यसको पात पिसेर चुर्ण बनाई नुनसंग मिलाएर चिलाएको भागमा लगाउनाले जाती हुन्छ ।

१४. मोड फ्रेस पार्छ

सरिफामा भएको भिटामिन बी ६ र एन्टिअक्सिडेन्टले हाम्रो मस्तिष्कलाई तिव्र पार्नुको साथै फ्रेस गर्नमा समेत सघाउछ ।

१५. कपालको सुरक्षा

सिताफलको विँयालाई कुटेर चुर्ण बनाई दुधसंग मिलाएर कपालमा लगाउने गरेमा कपाल मुलायम हुनुका साथै सुरक्षित पनि हुन्छ ।

१६. दम रोगीको लागि उपयोगी

यो फल दमको विरामीको लागि समेत उपयोगी मानिन्छ ।

१७. गर्भावस्थाको लागि

गर्भावस्थामा उल्टी हुने, आलश्य हुने लगायतका समस्याहरु देखा पर्छन् । यस्तो भएमा सिताफल खाने गरेमा उल्टी त हुँदैन नै आलश्य समेत हटाउँछ । यसका साथै बच्चा जन्मेपछि पनि सिताफलको सेवन गरेमा दुधको मात्रा बढेर आउँछ । सिताफलमा सख्खरको मात्रा मिलाएर सेवन गर्ने हो भने वजन पनि सन्तुलित राख्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!