Featuredविज्ञान जिज्ञासा

उभिएर किन पानी पिउन हुँदैन ?

उभिएको बेलामा पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ । धेरै मानिसको उभिएर पानी पिउने बानी हुन्छ । अझ यो बानी खेलाडीहरुमा धेरै नै हुन्छ । अझ कोही त उभिएर सासै रोकेर पानी पिउँछन् । यो कहिल्यै गर्नुहुँदैन ।  स्वास्थ्य विज्ञहरूका अनुसार बसेर सानो-सानो चुस्की लिँदै पानी पिउनु उपयुक्त हुन्छ ।

तपाईंले उभिएर पानी पिउँदा यो सिधै पेटमा ओइरिन्छ र आन्द्राको भित्तामा ठोक्किन पुग्छ । यसरी ठोक्किँदा पेटको भित्ता, वरिपरिका अंग र पाचननलीमा हानि पुग्न सक्छ । लामो समयसम्म यसो गर्दा पाचन प्रणाली नै बिग्रन पुग्छ । यसरी पानी पिउँदा शरीरले पानी छान्न पाउँदैन र फोहोरहरू  मूत्राशय, मृगौला र रगतमा जम्न पुग्छन् । यसले मृगौला बिगार्छ र मूत्रनली पनि खराब बनाउँछ ।

यसरी लामो समयसम्म उभिएर पानी पिउँदा बाथरोग पनि लाग्छ । यसरी पानी पिउँदा शरीरका तरल पदार्थको सन्तुलन बिग्रन्छ अनि जोर्नीहरूमा पानी जमेर बाथरोग लाग्छ । यसरी पिउँदा शरीरको नसामा पनि तनाव आउँछ । उभिएर पानी पिउँदा शरीर सधैं सतर्क अवस्थामा रहन्छ जबकी बसेर पानी पिउँदा शरीरले रिल्याक्स महसूस गर्छ । यसरी रिल्याक्स हुँदा नशा शान्त हुन्छ अनि शरीरभित्र पाचन प्रक्रिया सहज हुन्छ ।

उभिएर पानी पिउँदा पेटको अन्न नलीको तल्लो भागमा पानी छचल्किन्छ । यसले अन्न नली र पेट बीचको जोर्नी फुल्छ । यसरी स्फिङ्क्टर फुल्दा पेटका अम्ल उल्टो बग्न थाल्छन् र अन्न प्रणालीलाई जलन हुन्छ । यसले अल्सर गराउँछ । यसरी उभिएर पानी पिउँदा पाचन प्रणाली ध्वस्त हुन्छ । बसेर बिस्तारै चुस्की लिँदै पानी पिउनु नै उत्तम उपाय हो । (एजेन्सीको सहयोगमा)

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!