खानपान

स्वास्थ्यको लागि कुन कुन नट्सहरु खाँदा के के फाइदाहरु हुन्छ ?

Ram Thakuri
राम ठकुरी

नेपालीहरुको भान्सामा प्राय दाल भात तरकारी र अचार तयार हुने गर्दछ । बिहानको ब्रेक फास्ट लिनेहरुने चिया दुध पाउरोटी अण्डा फलफुल आदि लिने गर्दछन र दिउसोको खाजामा चिया मम: चाउमिन, तरकारी रोटी आदि लिने गर्दछन । तर हामी मध्ये धेरैले हाम्रो शरीरलाई निरोगी र दिर्घायु बनाउने चिज नट्स (हाडे बदाम, ओखर, अंजिर) आदि भने कमै समाबेश गराउछौ । जानौ यी नट्सहरुको सेवनबाट हुने फाइदाहरु यस प्रकार छन् :

१. हाडे बदाम

प्रतिदिन २ देखि ४ दाना हाडे बदाम खाएमा निम्न फाइदा हुन्छ:
१. यसले रगतमा अल्फा टोकोफेरोल को मात्रा बढ्न जान्छ र रक्तछाप सन्तुलित हुन्छ
२. यसमा भएको मोनोसेचुरेटेड फ्याटी अम्लले रगतमा कोलेस्टेरोल मात्रा बढ्न दिदैन र मुटुलाई स्वस्थ्य राक्दछ ।
३. बदाममा प्रसस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने हुनाले यसले छालालाइ स्वास्थ्य राख्नुको साथै उमेर पनि बढाउन सहयोग गर्दछ ।

२. ओखर

प्रतिदिन १ वोटा वा आदि ओखर खाएमा निम्न फाइदाहरु हुन्छ ।
१. यसमा omegha 3 – fatty acid हुने भएकोले यसले मस्तिष्कका कोषहरुलाई स्वास्थ्य राक्दछ ।
२. यसमा प्रशस्त मात्रामा भिटामिन ई हुने भएकोले चाला र कपाल स्वास्थ्य राखी उमेर बढेपनि कम उमेरको देखिन्छ ।
३. यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।

३. अंजिर (खनायो)

१. अंजिरमा प्रसस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने हुँदा शरीरमा क्यान्सर हुने खतराबाट जोगाउछ ।
२. यसमा पाइने आइरनले एनिमियाबाट जोगाउछ ।
३. यसमा पाइने पेक्टिनले हाम्रो पेटको पाचन शक्ति बढाउछ ।

*रसायनशास्त्री राम ठकुरी साईन्स इन्फोटेकका उप-सम्पादक हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!