विज्ञान जिज्ञासा

पुरुषको घाँटीमा मात्र रुद्रघण्टी किन हुन्छ ?

महिला-पुरुष दुबैमा रुद्रघण्टी भएतापनि पुरुषमा यो राम्रोसँग देखिन्छ भने महिलामा देखिँदैन । रुद्रघण्टी दुईवटा कुर्कुरे हड्डी मिलेर बनेको हुन्छ । रुद्रघण्टी बाहिरबाट हेर्दा कति ठूलो देखिन्छ भन्ने कुरा दुईवटा हड्डीहरु बिचको कोण कति छ भन्ने कुरामा निर्भर गर्दछ । पुरुषमा यी दुई हड्डीहरु बीचको कोण ९० डिग्री हुनाले चुच्चो प्रष्टसँग देखिन्छ तर महिलामा भने १२० डिग्रीमा फैलिएको हुँदा चुच्चो राम्रोसँग देखिँदैन ।

ल्यारिङ्स जसलाई भोइसबक्स पनि भनिन्छ, यसमा भोकल कर्ड रहेको हुन्छ। जन्मिँदातपाईंको नरम प्यालेट तपाईंको जिब्रोको आधार र एपिग्लोटिस बीच रहेको हुन्छ। तपाईंको पहिलो र दोस्रो जन्मदिनको बीचमातपाईंको ल्यारिङ्स घाँटीमा तलतिर झर्छ। यसले तपाईंको बोल्ने क्षमता विकास गर्छ। शुरुमा जन्मम्दा महिला-पुरुष दुवैमा रुद्रघण्टीको आकार उस्तैउस्तै भएपनि किशोरावस्थामा पुरुषमा टेस्टोस्टेरेन नामक हर्मोनको उत्पादन बढ्दा ल्यारिङ्सको आकार ठूलो हुन जान्छ । तब रुद्रघण्टी पनि स्वतः ठूलो हुन्छ । त्यसैले गर्दा वयस्क पुरुषमा रुद्रघण्टी प्रष्टसँग देखिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!