विज्ञान जिज्ञासा

नुहाएपछि हात खुट्टाको छाला किन चाउरी पर्ने कारणहरु

नुहाएपछि हाम्रो शरिरको केही हिस्साको छाला खुम्चिने गर्छ । हात, हत्केला, औलाको छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउरी पर्छ । केही व्यक्ति बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने बताउँछन्। पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन् । जसले गर्दा छाला खुम्चिन पुग्छ ।

तर वैज्ञानिक भन्छन्, यो केवल ओस्मोसिस (Osmosis) मात्र होइन। वैज्ञानिकले पत्ता लगाएका छन् कि छालाको जुन हिस्सा चाउरी परेको छ, यदि त्यहाँको केही नसा काटिदिने हो भने त्यसरी चाउरी पर्दैन । यसको मतलब चाउरी परेको छाला यो देखाउछ कि हाम्रो स्नायु प्रणाली बिल्कुल ठिक काम गरिरहेको छ।

अमेरिकी वैज्ञानिक मार्क चान्गिजी भन्छन् कि हाम्रो शरिर बदलियको वातावरण अनुसार आफुलाई पनि परिवर्तन गर्दछ । पानीमा छाला चाउरी पर्नु पनि त्यहि हो, कि हामी चीजहरुलाई ठिक ढंगले समाउन सकौं । सन् २०११ मा मार्केले एक अनुसन्धानको क्रममा यस्तो विशेषता बाँदरमा पनि भेटेका थिए। यसको एउटै अर्थ हुन्छ कि पानीमा हाम्रो पकड बलियो होस् ।

ब्रिटेनमा सन् २०१३ मा भएको एक प्रयोग यो पनि देखायो कि भिजेको हातले पानी भित्र चीजहरुलाई यता-उता छिटो छिटो गर्न सकिन्छ। सुख्खा हातले यहि काम गर्न बढी समय लाग्छ । तर एक वर्ष पछि जर्मनीमा यहि प्रयोग फेरी भयो जुनमा नतिजा उल्टो आयो । नजिता आयो कि भिजेको हात र सुख्खा हातले काम गर्दा कुनै फरक हुँदैन ।

त्यस्तै ताईवानमा भएको अर्को प्रयोगमा भिजेको हातले सामान उठाउन झन् गाह्रो हुने नतिजा निकालियो । भिजेको खुट्टाले भुइँमा टेक्दा चिप्लिने बढी डर हुन्छ, कतै समात्न खोज्दा चिप्लो भएर समात्न सकिन्न। तर कम्तिमा ५ मिनेट पानीमा भिजेको हात वा खुट्टामा पर्ने चाउरीको कारण भने त्यस्तो चिप्लोपना कम हुन्छ । मार्क भिजेको चाउरी आफ्नै शरिर धान्न उपयोगी हुने ठान्छन् ।

यो पनि पढनुहोस्

महिला र पुरुषको शर्टमा टाँक फरक साइडमा हुने कारणहरु

आर्युवेदका अनुसार राती दही खान नहुने कारणहरु

कुकुर रुनुका कारणहरु

महिलालाई मलामी नलानुको कारणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!