विज्ञान जिज्ञासा

महिला र पुरुषको शर्टमा टाँक फरक साइडमा हुने कारणहरु

हामो दैनिक जीवनमा यस्ता धेरै कुराहरु छन्, जसको बारेमा हामीले ध्यान दिएका नै हुदैनौ । तर त्यस्ता कुराको ठूलो महत्व रहेको हुन्छ । शायद तपाइले यो कुरा कहिल्यै ख्याल गर्नु भएको थिएन होला महिला र पुरुषले लगाउने शर्टमा टाँक फरक-फरक साइडमा हुन्छ । महिलाहरुले लगाउने शर्टको टाँक बायाँ साइडमा हुन्छ भने पुरुषको शर्टमा दायाँ साईडमा हुन्छ । यो किन हुन्छ, होला ? यस्तो हुनुका कारणहरु यस प्रकार छन् ।

१. हामीले लगाउने शर्टको टाँक पनि विभिन्न सिद्धान्तहरुमा आधारित भएर बनाईएको हुन्छ । धेरै बर्ष पहिलेदेखि यस्ता सिद्धान्तहरुमा शर्टको टाँकको साइडका बारेमा तथ्य र तर्क दिईएको पाईछ । यस्तो पनि भन्ने गरिन्छ की प्राचीन समयमा पुरुषहरुले आफै कपडा लगाउँथे भने महिलाहरुलाई अरुले कपडा लगाईदिने गरिन्थियो ।

२. यसैगरी अर्को कारणको बारेमा गरिएको अनुसन्धानको सिद्धान्तले भन्छ, ‘पहिला पुरुषहरु दायाँ हातमा तरवार बोकेर हिड्ने गर्थे भने महिला बायाँ हातमा बच्चा बोकेर हिँड्थे । पुरुषलाई बटन खोल्न वा लगाउनको लागि बायाँ हातको सहारा चाहिन्थ्यो त्यसैले पुरुषको शर्टमा दायाँ पट्टी टाँक राख्न लागियो । तर महिलाले बायाँ हातले बच्चा बोक्ने हुँदा दायाँ हातले टाँक खोल्नुपर्ने भएका कारण बायाँ पट्टी टाँक राख्ने गरिएको हो ।

३. पहिले महिला तथा पुरुषले लगाउने पहिरनमा भिन्नता हुल्थ्यो । तर समयक्रममा आएको परिवर्तनले महिलाले पनि पुरुषले लगाउने पोषाक लगाउन सुरु गरे । तर महिला र पुरुषले लगाउने शर्टमा टाँक भिन्न-भिन्न साइड हुन्छ ,जसको कारण माथि नै उल्लेख गरिएको छ ।

४. शर्टको बटन फरक-फरक साइडको किस्सा नेपोलियन बोनापार्टसँग पनि जोडिन्छ । भन्ने गरिन्छ कि उनले महिलाका कपडामा बायाँ भागमा बटन लगाउन आदेश दिएका थिए । नेपोलियनले एक हात शर्टमा राखेर उठ्ने गर्थे । महिलाहरुले उनको नक्कल गर्न थालेपछि उनले टाँकको साइडबारे नयाँ नियम बनाएका थिए । त्यससंगै यो कुरा प्रचलनमा आयो पनि भनिछ । (एजेन्सीको सहयोगमा)

यो पनि पढनुहोस्

आर्युवेदका अनुसार राती दही खान नहुने कारणहरु

कुकुर रुनुका कारणहरु

महिलालाई मलामी नलानुको कारणहरु

सेक्स सन्तुष्ति नहुनुका कारणहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!