हेल्थ टिप्स

अध्ययन भन्छ शरीरका यी अंगहरु हातले कदापी नछुनु

अध्ययन भन्छ शरीरका यी अंगहरु हातले कदापी नछुनु ! सवै मानिसहरु स्वास्थ्य रहन चाहान्छन । तर कतिपय मानिसहरुको यस्तो खराव बानी लागिसकेको हुन्छ की जुन बानी छोड्न एकदम कठिन हुन्छ । स्वस्थ हुने चाहाना छ भने तपाईले आफ्नो शरीरलाई धेरै ख्याल गर्नुपर्ने हुन्छ । शरीरका कुनै यस्ता अंगहरु छन् जहाँ नाङ्गो हातले छुनु राम्रो मानिदैन । नाक, मुख, आँखा लगायत अंगहरुमा थोरै मात्र पनि व्याक्टेरियाको संक्रमण भएमा त्यसले शरीरमा गम्भीर समस्या निम्त्याउन सक्छ । त्यस्ता अंगहरुमा वारम्बार छोएको खण्डमा त्यस्ता व्याक्टेरियाले शरीरमा रोगको संक्रमण निम्त्याउन सक्छ ।

अमेरिकाको एरिजोना राज्यमा रहेको जुकरम्यान कलेज अफ पब्लिक हेल्थका एसोसिएट प्रोफेसर रेनाल्डले गरेको यस सम्बन्धी एक अध्ययनले सबैभन्दा पहिले मानिसको हातमा संक्रमण हुने त्यस्तो हातले चलाउदा अन्य अंगमा छिटो संक्रमण हुने बताएको हो । यदि तपाइँ हातको औंला राम्रोसँग धुनु हुन्छ भनेपनि यसमा जिवाणु संक्रमण सबैभन्दा छिटो हुने यो शोधको भनाइ छ । वरपरको वातावरणबाट औंलाको टुप्पोमा सबैभन्दा पहिले जिवाणु संक्रमण हुने रेनाल्डको ठहर छ । अर्को युनिभर्सिटी अफ नेब्रास्कार मेडिकल सेन्टरका अनुसार यदि तपाइँ नियमित नङ काट्नु हुन्न र औंलामा औंठी लगाउनु हुन्छ भने तपाइँलाई सबैभन्दा छिटो जीवाणु संक्रमण हुन्छ । यस्ता अध्ययनका अनुसार शरीरका यी अंगमा हातले नछुनु राम्रो हुन्छ ।

१. मुख

इङ्ग्ल्याण्डमा गरिएको एक शोधका अनुसार दिक्क लागेको बेला मानिसहरु मुखमा औंलो हाल्छन् । मानिसहरु एक घण्टामा औषत २३ पटकसम्म औंलो मुखमा पुर्याउँछन् । व्यस्त भएको समयमा अझै बढी हाल्छन । तपाइँको औंलामा हुने जीवाणु मुखबाट शरीरमा प्रवेश गर्छ ।

खाना खाएपछि दातमा अड्किएको फोहर निकाल्न मानिसहरु अक्सर औलाको प्रयोग गर्दछन् । जबकी मुखभित्रै सिधै हात लैजादा हातमा भएका व्याक्टेरिया मुखमा प्रवेश गर्दछन् र मुखमा रहेको व्याक्टेरिया पनि हातमा पुग्ने गर्दछन् । यसरी मुखको व्याक्टेरिया बाहिर आउनु र बाहिरको व्याक्टेरिया मुखमा प्रवेश गर्नाले दाँत दुख्ने, सास गन्हाउने, दाँतमा सडन हुने लगायतको समस्या निम्तिने गर्छ ।

२. नाक

हात र मुखमा झै नाकमा पनि कयौ प्रकारका व्याक्टेरिया र भाइरस हुन्छ । जब हामी नाकमा हात हाल्छौ, नाकभित्र रहेका व्याक्टेरिया हाम्रो हातमा टासिने गर्छ र हातमा भएका व्याक्टेरियाले नाकमा प्रवेश गरी सास नली हुँदै फोक्सोसम्म पुग्ने गर्छ, जसका कारण स्वास स्वस-प्रश्वास सम्बन्धि विभिन्न प्रकारका समस्या निम्तिने गर्दछ । त्यसबाहेक पनि, नाकमा भएका व्याक्टेरियाले मानिसलाई अस्वस्थ समेत बनाउन सक्छ । त्यसैले पनि प्रत्येक पटक नाकमा हात लगिसकेपछि साबुन पानीले राम्ररी हात धुनुपर्छ । नाकमा औंला हाल्दा औंलामा भएको स्टेफिलोकोकस ब्याक्टीरिया सक्रमण हुने खतरा ५१ प्रतिशत बढि हुन्छ ।

३. नङ

हात र मुखमात्र हैन, हात खु्ट्टाका नङमा समेत विभिन्न प्रकारको हानीकारक व्याक्टेरिया हुने गर्छ । त्यसैले, चिकित्सकहरु समय समयमा हातखुट्टाका नङ काट्न सुझाव दिने गर्छन् किनकी हात तथा खुट्टाका हानीकारक व्याक्टेरियाले शरीरमा प्रवेश गरेमा पेट तथा पाचन प्रणाली सम्बन्धि कयौ समस्या निम्तने गर्दछ । त्यसैले, यस्ता रोगबाट बच्नका लागि पनि सातामा कम्तीमा एक पटक भएपनि हात तथा खुट्टाको नङ अवश्य काट्ने गरौ । यद्यपी नङ सफा गर्दा अर्को नङ वा औंलाको प्रयोग भुलेर पनि नगर्नुस् । नङको छालामा अर्को औंला वा नङ हाल्दा ओनिकोलाइसिसको खतरा हुन्छ ।

४. अनुहार

औंलाले सकेसम्म अनुहारमा पनि नचलाउनुस् । औंलामा हुने जीवाणूले अनुहारमा संक्रमण हुन सक्छ । तपाइँको औंलाको टुप्पमा हुने तेलले पनि अनुहारमा हुने त्वचाको छिद्र बन्द गरिदिन सक्छ । जसले गर्दा डण्डिफोर लगायतको समस्या हुन्छ ।

५. कान

सकेसम्म कानमा औंला नछिराउनुस् । अन्य कुनै चिज पनि कानमा हाल्नु राम्रो होइन । कानमा एयर बड प्रयोग गर्दा समेत झिल्लीमा गम्भीर असर पर्न सक्छ । यदि कानमा समस्या छ भने विशेषज्ञलाई देखाउनुस् ।

६. आँखा

कन्ट्याक्ट लेन्स लगाउँदा वा आँखामा केही हाल्दा औंला नछिराउनुस् । यसो गर्दा तपाइँको आँखामा जीवाणूको संक्रमण हुन सक्छ ।आँखामा चलाउँनु पर्दा सुरक्षित कुराको प्रयोग गर्नुस् । औंला भुलेर पनि नलगाउनुस् । केही समस्या परे आँखा विशेषज्ञकोमा जचाउँनुस् ।

७. नितम्ब

तपाइँले दिशा धोइसकेपछि हातलाई राम्रोसंग धुनु पर्छ । मलद्वारको नजिक हुने भागमा नितम्बसम्म पनि मलद्वारमा हुने जीवाणुको संक्रमण हुन सक्छ । दिशा धोइसकेपछि सेनिटाइजर सोप वा अन्य प्रभावकारी बस्तुले धुनु जरुरी छ ।

८. डन्डिफोर

नाक, मुख, आँखा बाहेक पनि हाम्रो शरीरमा एउटा यस्तो ठाउँ छ, जहाँ नचाहदा नचाहदै पनि हाम्रो हात पुग्ने गर्छ र त्यो ठाउँ भनेको डन्डिफोर वरिपरि हो । गाला, निधार वा अनुहारको अन्य कुनै भागमा डन्डिफोर भएमा हाम्रो हात बारम्बार पिम्पल्स भएको ठाउँमा पुग्ने गर्छ । जबकी पिम्पल्स आउने मुख्य कारण भनेकै हानीकारक व्याक्टेरियाका कारण हो ।

जब हामी बारम्बार पिम्पल्सलाई छुने गर्छौ, तब डन्डिफोर वरिपरि भएको व्याक्टेरिया शरीरको अन्य भागमा समेत फैलिने गर्छ । र, त्यही ठाउँमा पुन व्याक्टेरिया फैलिएर पिम्पल्स हुने गर्छ । त्यतिमात्र हैन, हातमा व्याक्टेरिया हुने भएको व्याक्टेरियायुक्त हातले बारम्बार अनुहार छुनाले पनि अनुहारमा डन्डिफोर हुने सम्भावना अधिक हुने गर्छ ।

यो पनि पढ्नुहोस् 

कन्यादानमा कन्याको दहिने हातको बुढी औला नै किन ?

तपाईको नेतृत्व क्षमता थाहा हुन्छ हातको औँलाबाट

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!