मुख्य समाचारसमाचार

विज्ञान सडक मेला भोलीदेखि शुरु हुने

जेठ २७, ललितपुर । भोली जेठ २८ गतेदेखि विज्ञान सडक मेला शुरु हुदैछ । नेपाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा भोली र पर्सी दुई दिने मेला ललितपुरको जावलाखेल मैदानमा गर्न लागिएको नास्टले जनाएको छ ।

नास्टको प्रचार-प्रसार तथा प्रवर्द्धन महाशाखाका अनुसार सर्वसाधरण, विद्यार्थी तथा वैज्ञानिक समुदायलाई एउटै मञ्चमा भेला गराउने उद्देश्य यस मेलाको रहेको छ । जसद्वारा सर्वसाधारणमा वैज्ञानिक चेतना जागरण हुने र विज्ञानको महत्व बुझाउन सरल हुने ठानिएको छ । वैज्ञानिक संस्कार प्रवर्द्धन गर्ने उद्देश्यले सरकारी तवरबाट आयोजना गर्न लागिएको यो पहिलो विज्ञान सडक मेलाको नाम ‘साइन्स स्ट्रिट फेस्टिवल’ दिइएको छ । विहान १० बजे देखि बेलेका ६ बजे चल्ने यो मेला निःशुल्क हुनेछ ।

मेलामा हुने गतिविधिहरु

१. विज्ञान सम्वन्धी प्रर्दशनी

उत्सब विज्ञान विषयको विधामा भएको अनुसन्धान, अनुसन्धानको नतिजा, विज्ञान तथा प्रविधिको क्षेत्रका संघ-सस्थाले गरेका कामहरु प्रर्दशनी गरिन्छ ।

२. डकुमेन्ट्री प्रर्दशनी

नास्टले तयार पारेका तथा विभिन्न विज्ञानका विधाको ‘डकुमेन्ट्री’ प्रर्दशनी हुनेछ ।

३. सांगितिक कार्यक्रम

विविध विधाका मौलिक लोक सांगितिक कार्यक्रम हुनेछ ।

४. खाना स्टल

वहुभाषिक वहु-सांस्कृतिक मुलुकमा पाइने खानाका परिकार उपलब्ध हुनेछन् । खानासँग भित्रिएका प्रविधिका बारेमा जानकारी पनि दिइनेछ ।

५. बालबालिका लागि आर्कषण केन्द्र

बालबालिकालाई विज्ञानको विषयमा जानकारी दिन बालबालिका लक्षित गरेर विज्ञान तथा प्रविधि पार्क हुनेछन् । जसमा रोबट, ड्रोन, गेम र विभिन्न खाले विज्ञानका खेल हुनेछन् ।

६. वैज्ञानिकसँग प्रश्न

सर्वसाधारणले वैज्ञानिक समुदायसँग आफूलाई मनलागेको कुरा सोध्ने अवसर दिइनेछ । सोही समय पत्रकारले सर्वसाधारणसँग विज्ञानका विषयको धारणाका बारेमा प्रश्न सोध्ने अवसर दिइनेछ ।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!