टिप्स

जाडोमा हिटर ताप्दा ध्यान दिनुपर्ने आवश्यक कुराहरु

शहर बजारमा जाडोमा शरीरलाई न्यानो राख्न हिटर ताप्ने गरिन्छ । गाउँघरतिर आँगो ताप्ने गरिन्छ, जहाँ दाउरा उपलब्ध हुन्छ । शहरमा पनि हिटर नभएको अवस्थामा कोइला बालेर घर-कोठा न्यानो बनाइन्छ । शरीरको तापक्रम सन्तुलन राख्न जाडोमा आगो वा ताप आवश्यक हुन्छ ।

पछिल्लो केही समययता तापमान घट्दो क्रममा छ । जाडोको कारण मानिसहरुको दैनिक कामहरु पनि प्रभावित बन्न पुगेका छन् । यस्तोमा जाडोबाट बच्नका लागि मानिसहरुले बाक्ला कपडाहरु लगाउने लगायतका प्रयासहरु गर्ने गर्छन् । हिटर चलाउँदाको समयमा आफ्नो र परिवारको स्वास्थ्यको ध्यान दिनु जरुरी हुन्छ । जाडोमा हिटर ताप्दा ख्याल गर्नुपर्ने आवश्यक कुराहरु यस प्रकार छन् ।

१. हिटर नजिकै कुनै पनि कागज, ब्ल्यांकेट जस्ता बल्न सक्ने सामग्रीहरु राख्नुहुँदैन ।

२. आवतजावत हुने स्थानमा हिटर राख्नुहुँदैन । विशेषगरी बच्चाहरुको पहुँचबाट हिटरलाई टाढा राख्नुपर्छ र यसलाई समथर सतहमा राख्नु राम्रो हुन्छ ।

३. हिटरलाई बेलाबेलामा बन्द गर्ने र कोठा खोल्ने गर्दै गर्नुपर्छ । प्रयोग नभएको बेलामा हिटर बन्द गर्नु राम्रो हुन्छ । कोठा बन्द गरेर हिटर अन गर्दा त्यसबाट आउने कार्बन मोनोअक्साइडले मानिसको स्वास्थ्यमा निकै हानिकारक असर पार्छ । खाटमा सुत्न जानुअघि हिटर अन गर्नुहुँदैन । यस्तो गर्दा मानिसको ज्यानसम्म जान सक्छ ।

४. मुटु तथा श्वासप्रश्वास जस्ता समस्या भएका मानिसहरुले एयर ब्लोयरको प्रयोग गर्नुहुँदैन ।

५. छालाको लागि पनि हिटरको प्रयोग राम्रो हुँदैन । लामो समय हिटरमा बस्नुले छाला सुख्खा हुन पुग्छ । यसका साथै हिटरले आँखा पनि सुख्खा हुन पुग्छ ।

६. यदि कोठामा हिटर चलिरहेको छ भने समयसमयमा पानी खाइरहुनपर्छ । त्यसका साथै चिया, कफी वा सुप पिइरहनु राम्रो हुन्छ । यसले छाला सुख्खा हुनबाट केही कम गर्न सक्छ ।

७. सस्तो मूल्यका हिटर कमसल हुनुका साथै बढी विधुत खपत गर्ने किसिमका हुन सक्छन् । सकेसम्म राम्रो गुणस्तर एवं ब्रान्डको हिटर प्रयोग गर्नुपर्छ।

यो पनि पढ्नुहोस् 

शरीरलाई स्वास्थ्य राख्नको लागी ध्यान दिनुपर्ने ३१ उपायहरु

चाँडो बुढो हुन नपरोस् भन्नका लागी ध्यान दिनुपर्ने सुत्रहरु

सफल हुनुको लागि ध्यान दिनुहोस् यी ५ कुराहरुमा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!