मुख्य समाचारविज्ञानसमाचार

संसदमा पारमाणविक विधेयक प्रस्तुत

१७ पुस, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो । विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री पोखरेलले सरकारले अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिबद्धता कार्यान्वयन गरी विकसित प्रविधिका माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो ।

विधेयकमाथि विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्नुहुँदै सांसद प्रेम सुवालले कम्पनी र व्यक्ति विशेषलाई हतियार उत्पादन गर्न दिन नहुने बताउनुभएको थियो । सांसद सुवालको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गर्ने निर्णय गरेको थियो ।

कानुनको अभावमा नेपालले धेरै क्षेत्रमा परमाणु प्रविधि भित्र्याउन र प्रयोग गर्न सकेको छैन । यस सम्बन्धी ऐन बनेपछि प्रयोग बढाउन सहज हुने र प्रयोगका क्षेत्रमा नियमन गर्न छुट्टै निकाय गठन गर्न सकिने छ । कृषिको उत्पादकत्व बढाउन, अनुसन्धान गर्न, खाद्यान्नलाई सुरक्षित राख्न, खानी पत्ता लगाउन, पूर्वाधार निर्माणमा सहजताका लागि पनि परमाणु प्रविधिको प्रयोग गर्न सकिने यस क्षेत्रका जानकारको भनाइ छ ।

परमाणुको सुरक्षित प्रयोग नभए घातक रोग लाग्ने, स्वास्थ्यमा गम्भीर तथा दीर्घकालीन असर हुन्छ भने आणविक हतियारको रूपमा पनि यसको दुरुपयोग हुने गरेको छ । नेपालमा हाल कार्यविधिको आधारमा परमाणु प्रविधिको प्रयोग गरिँदै आएको छ । आईएईएको स्थापना अघिसम्म पारमाणविक पदार्थको प्रयोग घातक हतियार बनाउन बढी गरिन्थ्यो । जापानको हिरोसिमा र नागासाकीमा सन् १९४५ को अगस्ट ६ र ९ मा खसालिएका परमाणु बमबाट लाखौंको ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस्

युरेनियमका गुणहरु र दोषहरु

हाइड्रोजन बम (Hydrogen Bomb) भनेको के हो ?

आईएईएका अधिकारीहरु काठमाडौँमा, परमाणुको शान्तिपूर्ण एवं सुरक्षित उपयोगमा जोड

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!