राष्ट्रिय समाचारसमाचार

सीमा भन्सार कार्यालयमा सीसी क्यामरा जडान

१८ पुस, रसुवा । सीमा भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ । चीनको केरूङबाट आयात गरिएको सामान जाँच सही रूपमा गरे नगरेको हेर्न र चोरी निकासीको निगरानी बढाउन सीसी क्यामरा जडानपछि सहज हुनेछ । सामान जाँच स्थलदेखि टिमुरेको घट्टेखोलासम्म सीसी क्यामरा जडान गरी कार्यालय परिसरबाट थप निगरानी थालिएको हो ।

दैनिक सयौको सङ्ख्यामा मालवाहक सवारीसाधन र मानव चापका कारण सम्भावित चुहावट रोकी भन्सारलाई सुधारोन्मुख गर्न मद्दत पुग्नेछ । राजश्व गस्ती तथा भन्सार सुरक्षा मजबुत पार्न सशस्त्र प्रहरी गुल्मको व्यवस्थाले सुरक्षामा थप मजबुत हुँदै गएको छ । चीनबाट आयात भएको सामग्री सरकारी मापदण्डअनुरूप छिटोछरितो परीक्षण गराउन आलोपालो हिसाबले ३० जाँचकी परिचालन गरिए

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!