राष्ट्रिय समाचारसमाचार

कर्णाली प्रदेशमा ११४ कुष्ठरोगी देखा परे

१८ पुस, वीरेन्द्रनगर । गत आर्थिक वर्ष २०७४/७५ मा कर्णाली प्रदेशका १० जिल्लामा ११४ जना कुष्ठरोगी पाइएको छ । कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको सङ्ख्या सुर्खेतमा देखिएको छ । सुर्खेतमा एक वर्षको अवधिमा थप २६ कुष्ठरोगी पाइएको छ । तथ्याङ्क अनुसार जाजरकोटमा २०, दैलेखमा १०, कालिकोट र रुकुममा ९/९, जुम्ला, मुगु र सल्यानमा ३/३ तथा हुम्लामा १ जनामा कुष्ठरोग देखिएको छ ।

सरकारले सन् २०२० सम्ममा नेपाललाई कुष्ठरोग उन्मूलन गर्ने लक्ष्य लिएपनि वर्षेनी बिरामी बढ्दै जाँदा यसमा थप चुनौती देखिएको छ । आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालका निर्देशक मङ्गल चौधरीका अनुसार नेपालमा वर्षेनी तीन हजारभन्दा बढी कुष्ठरोगका बिरामी फेला पर्ने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सो क्रम बढ्दो मात्रामा छ । उक्त अस्पतालमा साउनयता १० कुष्ठरोगका बिरामी उपचारका लागि आएका छन् । गत वर्ष ६० कुष्ठरोगी उपचार गर्न आएका थिए । अस्पतालले अहिलेसम्म १० हजार ८०० कुष्ठरोगीको उपचार गरिसकेको चौधरीले बताउनुभयो । गत वर्ष १४६ कुष्ठरोगी भर्ना भएका थिए ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!