राष्ट्रिय समाचारसमाचार

हुम्लाका विद्यालयहरु अत्यधिक चिसोपछि बन्द

१८ पुस, हुम्ला । अत्यधिक चिसोका कारण सोमबारदेखि हुम्लाका जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरु ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्ला लगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्षेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए ।

‘आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनि नयाँ शैक्षिक सत्रको शुरुआत गरिनेछ,’ मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भने । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् । यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!