अन्तर्राष्ट्रिय समाचार

आज विश्व क्षयरोग दिवस

११ चैत, काठमाडौं । टीबी विरुद्धको एकता, कोही पनि नछुटोस (Unite to End TB : Leave no one behind) भन्ने नाराको साथ आज विश्व क्षयरोग दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष मार्चको २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाईन्छ, यो क्रमको शुरुवात विश्व स्वास्थ्य संगठनको अगुवाईमा सन् १९९५ वाट शुरु भएको हो । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो ।

श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ । क्षयरोगका लक्षणहरुमा तीन हप्ता वा वढी समयसम्म निरन्तर खोकी लागिरहनु, खकारमा रगत देखिनु, श्वास फेर्दा या खोक्दा छाती दुख्नु, अकास्मात धेरै तौल घट्नु, धेरै थकाई लाग्नु, राती एक्कासी पसिना आउनु अनि कामज्वरो जस्तो आउनु टिबी रोगका लक्षणहरु हुन् । १ जना क्षयरोगीले समयमा औषधि नगर्दा १ वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् ।

यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुनेबित्तिकै नियमीत औषधी सेवन गरे यसबाट जोगिन सकिन्छ । औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमीततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!