सूचना प्रविधि

इ-बैंकिंग (e-banking) भनेको के हो ?

जसरी  तपाई बैंकको सम्पूर्ण गतिबिधि र आफ्नो वित्तीय कारोबारको विवरण बैंकमा गई लिनुहुन्छ त्यसरी नै  इन्टरनेटको माध्यमवाट संसारको कुनै पनि ठाउँमा बसी आफ्नो सम्पूर्ण बैंकिंग कारोबारको वित्तीय विवरण लेखाजोखा गर्ने पद्दतिलाई नै इ-बैंकिंग भनिन्छ । नेपालको परिपेक्षमा इ-बैंकिंग प्रयोगकर्ता कमै भएपनि, प्राय: बैंकहरुमा यसको सुविधा लिन सकिन्छ ।

यसको लागि तपाई जुन बैंकमा आफ्नो खाता खोल्दै हुनुहुन्छ, त्यसमा खाता खोल्ने फारमको साथ साथै इ-बैंकिंग फर्म पनि सगै भर्नुपर्ने हुन्छ । यदि तपाईको पहिला नै बैंकमा खाता छ भने तपाइले इ-बैंकिंग फर्म मात्र भर्दा पुग्दछ । फर्म भरि सकेपछि बैंकले तपाईलाई एउटा User र Password दिन्छ । त्यस User र Password बाट तपाइले आफ्नो बैंकको सम्पूर्ण वित्तिय कारोबार अनलाइन मार्फत राख्न सक्नुहुन्छ । यस सुबिधाबाट तपाईको समयको बचत हुनुको साथै तपाइले Balance Inquiry (रकम सोधपुछ), Bills Payment (बिल भुक्तानी), Account Transfer (खाताको रकम सार्ने)को साथै Stop Payment (भुक्तानी रोक्ने) सम्म गर्न सकिन्छ ।

सर्बप्रथम तपाइले जुन बैंकमा कारोबार गरि राख्नु भएको छ त्यस बैंक को वेभसाइटमा जानुपर्छ  । त्यसपछी इ-बैंकिंग (internet bank) भन्ने अप्सनमा c।ick गरेपछि त्यहाँ तपाईले User र Password क्रमश राखेपछि log on अप्शनमा click गरेपछि त्यहाँ  तपाइको account को सम्पूर्ण विवरण देखाउदछ । अब यदि तपाइले कसैलाई भुकतनी गर्नुछ, भने Third Party Transfer मा गई click गर्नुस र सम्पूर्ण विवरण भरि submit गर्नुस । यदि bill payment गर्नुछ भने त्यसैगरी pay Bill मा गई बिल भुक्तानी गर्न सकिन्छ । तपाइलाई बैंकले दिइएको User र Password अरुलाई दिनु भनेको सादा चेकमा सिग्नेचर(सहि) गरिदिनु बराबर हो त्यसकारण आफ्नो साचो आफैसंग राख्दा अति नै सुरक्षित हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!