सूचना प्रविधि

डिजिटल डिभाइड (Digital Divide) भनेको के हो ?

सामान्य भाषामा सूचना प्रविधिको पहुँच हुने र नहुने बीचको खाडललाई डिजिटल डिभाइड भनिन्छ । अहिलेको युग सूचना प्रविधिको युग भएकाले यसको भरपूर सदुपयोग गर्नुपर्ने र दुरुपयोग हुनबाट जोगिन सबै सजग हुनुपर्छ । सबै नागरिकमा प्रविधिको पहुँच पुग्न नसकेको भन्दै सूचना प्रविधिको पहुँच पुगेका र नपुगेका नागरिकबीचको दूरी घटाउनुपर्छ । ई–गभर्नेन्सलाई ग्रामीण क्षेत्रसम्म विस्तार गरी डिजिटल डिभाइड अलि कम गर्न सकिन्छ । विकासका सम्पूर्ण पूर्वाधारहरु सूचना प्रविधिमैत्री हुनु आजको आवश्यकता हो ।

पछिल्लो समयमा नेपालले सूचना तथा प्रविधिको क्षेत्रमा ठूलै फड्को मारेतापनि त्यो फड्को भनेको शहरमा, केही सम्पन्न शिक्षित वर्गमा र केही कर्पोरेट वर्गमा मात्रै सिमित छ । दुर्गमका विद्यार्थीले यी सबै कुराहरूमा सुविधा पाउन सकेका छैनन् । वास्तवमा काठमाडौं वरिपरि नै गएर हेर्ने हो भने पुरानै मोडलका मोबाइल फोनहरू नै प्रायः जसो स्थानीय मानिसले चलाइराखेको देखिन्छ । नेपालको वर्तमान परिवेशलाई केलाउने हो भने देशमा आज पर्याप्त प्राविधिक कम्पनी छन् । त्यस्तै इन्टरनेट सेवाप्रदायक कम्पनीहरू पनि छन् । तीमध्ये धरैजसो ग्राहकलाई कसरी सरल तथा उच्चस्तरीय सेवा दिने कुरामै लक्षित रहेका पनि छन् । अर्कोतिर त्यस्ता निजी क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति प्रदान गरिदिने शैक्षिक संस्थाहरू पनि प्रशस्तै छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!