राष्ट्रिय समाचार

राजधानीको भृकुटीमण्डपमा सुरुभयो सूचना प्रविधिको कुम्भ मेला

काठमाडौं १४ माघ ।  कम्प्यूटर एशोसिएशन अफ नेपाल (क्यान) को आयोजनामा भएको २१औं सुविसु क्यान इन्फोटेकको सूचना तथा प्रविधि मेला काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु भएको छ । सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा मेलामार्फत उपभोक्तालाई जानकारी दिने उद्देश्यले वर्षेनि मेला गर्दै आएको छ । मेलामा सूचना तथा प्रविधिको बारेमा जानकारी दिन विभिन्न छलफल गरिने पनि आयोजकले जनाएको छ । मेलामा करिब २ सय २० वटा अवलोकन कक्ष राखिएका छन् । सूचना प्रविधिको कुम्भ मेला भनिने मेलाअन्तर्गत सूचना प्रविधिका बारेमा हुने विभिन्न छलफल पनि हुने भएको छ । १९ गतेसम्म चल्ने मेलाअन्तर्गत १८ गतेलाई बिजनेस डे घोषणा गरिएको छ ।

विश्वले सूचना र प्रविधिका क्षेत्रमा उल्लेखनीय प्रगति गरेपनि नेपालमा भने सूचना र प्रविधिको क्षेत्रमा सोचेजति प्रगति हुन सकेको छैन । सन् २००६ मा काभ्रे जिल्लाको बनेपामा निर्माण पूरा भएको नेपालको पहिलो सूचना प्रविधिपार्क आजसम्म सञ्चालनमा नआउनु यसको ज्वलन्त उदाहरण हो । दुइ सय २७ रोपनी जग्गामा निर्माण सम्पन्न भएको उक्त पार्कलाई सरकारले व्यापारिक र प्रशासनिक भवनका रुपमा निर्माण गरेको थियो । पछिल्लोपटक सूचना र प्रविधिको प्रयोगमा नेपालीले उल्लेखनीय  परिवर्तन गरेको मान्न सकिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!