सूचना प्रविधि

स्मार्ट स्कूल (Smart School) भनेको के हो ?

आजको युग भनेको सूचना प्रविधिको युग हो । हाल संसारमा जुन देशहरु बिकसित भएका छन्, तिनीहरुले सूचना प्रविधिको विकासलाई अंगालेरको पाइन्छ । वास्तवमा सूचना प्रविधिले प्रणाली बनाउँछ,समय बचाउँछ र हरेक क्षणको जानकारी उपलव्ध गराउछ । तसर्थ शुरुदेखि नै स्मार्टस्कूल बनाउन आवश्यकता देखिन्छ । विश्वमा हाल चलिरहेको स्कूल सफटवेयर, क्लाउड सिस्टम, आरयफआइडी अटन्डेन्स सिस्टम, मोवाइल याप, एसयमयस, जिपियस ट्राकिङ सिस्टमले भरिपूर्ण प्याकेजसहित प्रत्येक स्कूललाई उपलव्ध गराउनु पर्छ । आरयफआइडी अटन्डेन्स सिस्टमले हरेक विधार्थीको इन र आउट स्कूल समय स्वचालित हाम्रो स्फटवेयरमा राख्ने, अभिभावकलाई एसयमयस पठाउने काम गर्दछ । यो एउटा स्वचालित सिस्टम हो ।

प्रत्येक विधार्थीको दैनिक क्रियाकलाप जस्तै हाजिर, रिजल्ट, अनुशासन, फि आदि अभिभावकले वेभ, मोवाइल याप मार्फत जानकारी पाउन सक्छन । कुनै नोटिस, मिटिङ छ भने स्कूलले एसयमयस मार्फत जानकारी गराउन सक्छन् । काठमाडौको बढदो ट्राफिक जामलाई मध्यनजर गरेर जिपियस ट्राकिङ सिस्टम समावेस गर्न सकिन्छ । यसले स्कूल बसको लोकेसन, स्पीड, इन्धन इत्यादिको जानकारी हामी एउटै सिस्टमबाट पाउँछौ । यो प्रणालीलाई हरेक स्कुलमा विकास गर्न सकियो भने त्यसले पूरै परिवारलाई नै सूचना प्रविधिमय बनाई दिन सक्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!