विज्ञान जिज्ञासासूचना प्रविधि

इन्टरनेट (Internet) भनेको के हो ?

इन्टरनेट सूचना प्रविधि अन्तर्गत विकास भएको एक बिश्वब्यापी सञ्जाल वा कम्प्युटरहरूको समूह हो जसमा विश्वभरिका कम्प्युटर र सोसँग सम्वन्धीत उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही सूचनाहरू आदान प्रदान गर्न सक्छन । अर्को शब्दमा भन्नुपर्दा विश्वभर छरिएर रहेका एउटा निश्चित नियममा काम गर्ने तथा एकैखाले सुविधा प्रदान गर्ने विभिन्न सञ्जालहरूको समूह नै इन्टरनेटहो। इन्टरनेट कुनै व्यक्ति वा संस्थाको योजना बमोजिम शुरुवात भएको हैन । त्यस्तै इन्टरनेट कसैको नियन्त्रणमा पनि छैन। दुई वा दुईभन्दा बढी कम्प्युटरलाई आपसमा तार वा ताररहित माध्यमद्वारा जोडियो वा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा रहेको डाटा वा प्रोग्रामलाई चलाउन सकियो भने त्यहाँ नेटवर्क भएको मान्नुपर्छ। नेटवर्क भनेको कम्प्युटरहरूबीचको सन्जाल हो । दुई वा दुईभन्दा बढी नेटवर्कहरू जोडिएर इन्टरनेटवर्क बन्दछ । इन्टरनेट इन्टरनेटवर्कको बहुचर्चित उदाहरण हो ।

इन्टरनेट जोडिएपछि हामी विभिन्न किसिमका ब्राउजर (Browser) को मद्दतले वेबसाइट (Website) हरू हेर्न सक्छौँ । Google Crome, Mozila Firefox, Internet explorer जस्ता कुनै पनि ब्राउजर खोलेर त्यसको Address Bar मा आफूले हेर्न चाहेको साइटको नाम लेखेर क्लिक गरेमा त्यो साइट हाम्रो ब्राउजरमा खुल्छ । इन्टरनेट खाता खोल्ने कुनै पनि इन्टरनेट सेवा दिन सक्ने कम्पनीमा निश्चित पैसा तिरेर इन्टरनेट खाता खोल्न सकिन्छ। सन् २००० को दशकदेखि सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनको पछाडि प्रमुख कारक तत्व इन्टरनेट नै रहेको छ । शुरुका दिनहरूमा इन्टरनेट सेवा पुरानो टेलिफोन र भू-उपग्रह प्रविधि मार्फत उपलब्ध थियो । इन्टरनेट सेवा एक विशेष तर सानो आकारबाट शुरु भएर हाल सञ्चार, मनोरञ्जन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरूमा अभिन्न पक्षहको रूपमा प्रयोग हुदैछ । इन्टरनेट एक अपरिहार्य पूर्वाधारको रूप लिएको छ । कतिपय देशमा इन्टनेट सेवालाई मानवअधिकार कै रूपमा लिइन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!