हेल्थ टिप्स

जाडोमा जिऊ तताउने भनेर रक्सी पिउनु हानिकारक

मौसम चिसो छ चिसो मौसममा के खाने भन्ने कुरा धेरैको सोच फरक हुन सक्छ । धेरैलाई विश्वास छ, शरीर तताउन दुई घुट्की रक्सी पर्याप्त हुन्छ । के तपाई पनि यस्तो विश्वासमा हुनुहुन्छ ? हुनुहुन्छ भने आजैदेखि यो भ्रमबाट मुक्त हुनुहोस् । रक्सी सेवनबाट क्षणीक आनन्द मात्र हो दिर्घकालीन होइन ।

वास्तवमा अल्कोहल सेवनले शरीरको तापक्रम बढाउन होइन, घटाउन मद्दत गर्छ । शरीरको तापक्रम घटेपनि अल्कोहलका कारण तपाईंलाई गर्मी बढेको महसुस भने हुनसक्छ । अल्कोहल सेवनले शरीरका अन्य स्वस्थ क्रियाकलापलाई जस्तै चिसोमा शरीरको तापक्रम उच्च राख्ने प्रक्रियालाई पनि अवरोध पुर्‍याउँछ ।

थोरै मात्र अल्कोहल सेवनले पनि शरीरको तापक्रममा कमी ल्याउन सक्छ । शरीरको तापक्रम घटिरहँदा हामीलाई भने गर्मी महसुस कसरी हुन्छ त ? अल्कोहल सेवनपछि शरीरका रक्तनली सुन्निने गर्छ । स्वास्थ्यको दृष्टिकोणले रक्सीको सेवन नितान्त गलत छ । हाम्रो स्वास्थ्यमा सवैभन्दा ठूलो भूमिका जिब्रोले खेलेको छ ।

आजकल पार्टी होस या कुनै पनि कार्यक्रममा रक्सी छैन भने त्यहाँ जानुको कुनै औचित्य छैन भन्ने अनेकौं कुरा रक्सी सेवन गर्ने पारखीको मुखबाट सुन्न सकिन्छ । स्वास्थ्यको दृष्टिकोणले कुनै पनि हालतमा रक्सी ठिक भन्नु गलत छ । हामीले येही विषयमा केही अध्ययन गर्ने कोसिस गरेका थियौं नेपालीको आमदानीको ६५%रक्सी र मनोरञ्जनमा खर्च भएको देखिन्छ ।

समय छदै यो कुरामा ध्यान दिनसके थुप्रै घर परिवार यो लतको कारणले बरबाद हुनबाट रोक्न सकिनेछ । आज सरकारले पनि यसतर्फ ध्यान दिएर यस्तो लतको सेवन गर्ने निश्चित समय तोक्नुको साथै रक्सी सेवन गर्नेलाई परिचयपत्र वितरण गर्न सके केहि कमी हुन सक्ने अनुमान गर्न सकिन्छ ।

कसरी जोगिने ?

१. जाडो याममा प्रशस्त झोल पदार्थ र पानी खानुपर्छ ।

२. मदिरा सेवन नगर्ने यदि गरीहालेमा घरभित्रै न्यनो वातावरणमा बसेर सेवन गर्ने ।

३. धेरै समय चिसोमा नबस्ने ।

४. रक्सी सेवन गर्दा फलफूलसंग मात्र सेवन गर्ने मासुसंग सकेसम्म सेवन नगर्ने ।

५. रक्सीको अत्यधिक सेवनले लिभर ड्यामेज हुने खतरा बढि हुनाले सकेसम्म बच्ने ।

यो पनि पढ्नुहोस्  

विवाहित महिलाले बढि रक्सी पिउँछन्

रक्सीको लत छोड्न ज्वानो

होशियार ! यस्तो छ रक्सीबाट स्वास्थ्यमा हुने क्षति

रक्सी पिउँदा किन मात लाग्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!