ज्योतिषशास्त्र

कुन राशीका लागि कति मुखे रूद्राक्ष राम्रो ?

रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् ।  यसको दानामा माथिबाट झरेका रेखाहरू रेखाहरू हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ । रुद्राक्ष एक मुखे देखि २७ मुखेसम्म भएको बिश्वास गरिन्छ ।धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ ।

महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ । त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनु साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ । थाहा पाउनुस कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ।

मेष राशी – तीन मुखी

वृष राशी – छ मुखी

मिथुन राशी – चार मुखी

कर्कट राशी – दुई मुखी

सिंह राशी – एक मुखी

कन्या राशी – चार मुखी

तुला राशी – छ मुखी

वृश्चिक राशी – तीन मुखी

धनु राशी – पाँच मुखी

मकर राशी – सात मुखी

कुंभ राशी – सात मुखी

मीन राशी – पाँच मुखी

यो पनि पढ्नुहोस् 

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

यस्तो छ राशीहरुका वीच हुने प्रेम र विवाहको सम्वन्ध

कन्या र तुलाको प्रेम सम्बन्ध कुन राशीसँग कस्तो हुन्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!