आयुर्वेद

महाऔषधि रद्राक्षको प्रयोगबाट हुने फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो देशमा रूद्राक्षको रूखहरू प्रशस्त पाइन्छ । यसको धार्मिक महत्व ठूलो छ । तर आजको लेखमा मानव स्वास्थ्यमा रुद्राक्षको उपयोग कुन-कुन रोग र के कस्तो अवस्थामा प्रयोग गर्न सकिन्छ भन्नेबारे प्रकाश पार्ने जमर्को गर्दैछु । प्रकृतिको अनुपम उपहार रूद्राक्षबाट उपचार विधिको विकास हामीले गराउन सके मलाई लाग्छ हामीले ठूलो लोककल्याण गर्नेछौं । हाम्रो उद्धेश्य भनेको जानकारी पस्कनु हो । मेरो सवैभन्दा निश्वार्थ सेवा भनेको मानव सेवा हो । सेवा दुई प्रकारको हुन्छ एउटा पैसा लिएर दिने सेवा र अर्को निशुल्क दिने सेवा । तर आजको लेखमा नि:शुल्क दिने सेवाबारे प्रकाश पार्नेछु ।

आज हामीले रूद्राक्षको उपयोगबारे जानकारी पस्कने क्रममा यसको प्रकृति र गुण कस्तो भन्नेबारे प्रकाश पार्नेछौं । रूद्राक्ष उष्ण तथा अम्लयुक्त हुने भएकोले वाथ तथा कफ रोग हटाउने गुण यसमा विद्यमान छ । रुद्राक्षमा रोग नाश गर्ने शक्ति हुन्छ । रूद्राक्षको प्रयोग गर्नाले रक्तचाप, मृगी (छारे रोग), स्वप्नदोस जस्ता विकारबाट मुक्ति मिल्छ भनेको छ । रुद्राक्षको धारणबाट दरिद्रता नास हुने जनविश्वास छ । उच्च रक्तचाप, भूतवाधा, शारिरिक दुर्वलता, पेटको रोग र छालाको रोगमा रुद्राक्ष रोग निवारण गर्ने काम गर्छ । रुद्राक्ष धारण र सेवन विषयमा विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । योग वैद्य वा आयुर्वेद ज्ञाताको परामर्श लिएर रुद्राक्ष धारणा गर्नु बढी लाभदायक हुनेछ । विशेष गरी निम्न लिखित रोगको निवारणमा रुद्राक्षको प्रयोग गरिन्छ ।

रद्राक्षको प्रयोगबाट हुने फाइदाहरु

१. गाईको दूधमा चारमुखे रुद्राक्ष डुबाएर उक्त दूध दिनको दुई पटक सेवन गरेमा केही दिनमा मन-मस्तिक शान्त हुन्छ र स्मरण शक्ति समेत बढाउन मद्दत गर्छ ।

२. रुद्राक्ष मालाको धारणले मात्र पनि रक्तचाप नियन्त्रणमा आउँछ । पाँचमुखे रुद्राक्ष २ वटा र ६ मुखे रूद्राक्ष १ एउटालाई विचमा छ मुखे साइडमा पाँचमुखे २१ पटक ॐ नमो शिवाय भनेर शिद्ध गरेर धारण गर्नु रक्तचाप नियन्त्रणमा आउँछ ।

३. महिलामा मुर्छा र हिस्टेरिया हुने रोग छ भने ६ मुखे रुद्राक्ष विधिपूर्वक पूजा गरेर कालो धागोमा उनेर कम्मरमा बाधिदिनाले उक्त समस्या समाधान हुन्छ ।

४. नौमुखे रुद्राक्षको भष्म अमलाको रसमा मिलाई दिनको २ पटक कपालको फेदमा लगाउने गरेमा दुई महिनाभित्रै कपाल कालो भएर आउँछ र झर्न समेत बन्द हुन्छ ।

५. विधिपूर्वक पूजा गरी दशमुखे रुद्राक्ष कालो धागोमा उनेर गला वा पाखुरामा धारण गर्नाले भूतप्रेत लाग्दैन ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

रुद्राक्ष र यसको महत्त्व

कुन राशीका लागि कति मुखे रूद्राक्ष राम्रो ?

१२ मुखी रुद्राक्ष धारण गर्दा हुने फाइदाहरु

जान्नुहोस् ! रुद्राक्षको माला लगाउनुको बैज्ञानिक कारणहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!