राष्ट्रिय समाचार

बजारमा पाइने कतिपय दादको औषधिले गरेको छैन काम

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

दाद नहुने शायद को होला ? हाम्रो क्लिनिकमा यस्ता समस्या लिएर आउने धेरै विरामी हामीले पायौं । दादको औषधि बजारमा थुप्रै छन् तर कसैले पनि काम गरेको छैन भन्दा हामीलाई कस्तो कस्तो लाग्छ । छाला रोग विशेषज्ञ काहाँ धाउदा-धाउदा पनि ठिक नभएर आएका थुप्रै गुनासाहरू हामीले बिरामीबाट पायौ ।

आखिर किन यस्तो भएको छ ? के सवै दादको औषधि रेजिस्टेण्ड भएकै हो वा औषधि नै वेठिक हो हाल बजारमा पाइएका Itraconazole Capsule , Terbinafine tablet, Fluconazole क्रमश: १०० मि.ग्राम २५० मि.ग्राम १५० मि.ग्रामका औषधि सवै दादको रोगमा कुनैपनि काम गरेको पाइएन । यहाँ हामीले कम्पनीको नाम भने उल्लेख गरेका छैनौं । यस्ता औषधि उपर छानबिन हुन आवश्यक छ ।

यस्ता औषधिले सेवन गर्दासम्म काम गर्ने तर सेवन गर्दा गर्दै पुन: शुरु हुने समस्या धेरैको गुनासो देखिन्छ । हामीले औषधि सेवन गर्ने तरिका फरक परेको त छैन भन्ने विषयमा धेरै जनाको रिपोर्ट हेरेका थियौँ तर कहि त्रुटी पाइएको थिएन । आज एलोपैथिक औषधिले दाद निको हुन सकेको छैन आखिर किन यस्तो भएको छ ?

औषधि सेवन गराउदा रोग निको नहुँदा डाक्टरहरूलाई समेत दिक्क भइरहेको छ । यस्ता औषधि उत्पादन गर्ने कम्पनीले अणु सहि छ वा छैन भन्ने कुरा एकिन गरेर मात्र औषधि उत्पाडन गर्दा ठिक हुने हाम्रो परामर्श छ । आज कतिपय औषधिले काम गरेको छैन ।

आज औषधि उत्पादन कम्पनीले रोग निको हुने खालको राम्रो औषधि उत्पादन गरेर बजारमा ल्याउनु पर्नेमा हुनुपर्ने मात्रा भन्दा कम राखेको औषधि बजारमा पुगेको त छैन भन्ने कुरा हाल देखाएको छ । यो कुरालाई ध्यानमा राखि दिनुभयो भने सबैको कल्याण निश्चित हुने देखिन्छ ।

यसै सिलसिलामा हाम्रो क्लिनिकमा कार्यरत डा. राजन पौडेलसंग हामीले यस बारेमा लामो छलफल सुरू गरेर एलोपैथिक औषधिको साटोमा आयुर्वेदिक र होम्योपैथीक औषधि केहि बिरामीलाई दिएर हेरेका थियौँ । एलोपैथिक औषधिको तुलनामा यसको राम्रो परिणाम आएको देखिन्छ । आज दादको उपचार गराउन पोखरा, भरतपुर ,काठमाडौंदेखि विरामी आएको देखिदा हामी आश्चर्य भएका छौं ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

आयुर्वेद वा एलोपैथिक उपचार बिधि कुन ठिक ?

वर्तमान समयमा आयुर्वेदिक औषधिको महत्व

आयुर्वेदिक औषधि र यसको रहस्य

आयुर्वेदका जन्मदाता धनवन्तरी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!