ज्योतिषशास्त्र

यी ३ राशी हुने बुहारीहरुले बनाउछन् घरलाई स्वर्ग समान

छोराको पत्नी वा भाइको पत्नीलाई बुहारी भनिन्छ । फरक-फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन् ।

वृष राशी

वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन् । आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन् । अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन् । शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन् । निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन् ।

कन्या राशि

कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन् । कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन् । कलहदेखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन् । जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरण नै बन्न सक्छन् । परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ । आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन् ।

मीन राशि

मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन् । उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन् । परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दु:खको समयमा परिवारलाई उचित सल्लाह दिन्छन् । यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ । बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन् ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

श्रीमान श्रीमतीको सम्बन्ध प्रगाढ बनाउने टिप्सहरु

असल श्रीमतीमा हुनुपर्ने २० गुणहरु

श्रीमान श्रीमती वीचको सम्बन्ध बलियो पार्ने महत्वपूर्ण टिप्सहरु

छोरी घरकी लक्ष्मी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!