धर्म-सस्कृति

दुर्गा सप्तशतीको सिद्ध मन्त्र जप गरेमा मिल्नेछ यस्तो लाभ

दुर्गा सप्तशतीको सिद्ध मन्त्र जप गरेमा मिल्नेछ यस्तो लाभ, जानी राखौ ! मन्त्र शव्दहरूको यस्तो संयोजन हो जसको उच्चारणबाट कुनै कार्य सिद्ध हुने वा परिवर्तन हुने कुरामा विश्वास गरिन्छ । कुनै विषयमा तान्त्रिक रूपले काम गर्नका लागि उच्चारण गरिने सिद्ध वाक्य वा वाक्यांशलाई मन्त्र भनिन्छ । मन्त्रको आफैमा पूर्ण तथा स्वतन्त्र सत्ता छ । जीवनका पार्थिव अपार्थिव, चेतन अचेतन, निष्क्रिय तथा सक्रिय जिवनमा मंत्रको सर्वोपरी महत्व छ । विना मन्त्र जिवनको अस्तित्व नै सम्भव छैन । वेदमा मन्त्रलाई सर्वोच्च सत्ता एवं ब्रह्मका समान मानिएको छ ।

विजया दशमीमा दुर्गा सप्तशतीको पाठलाई अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छ । माता पार्वती देवी महात्म्यमा श्लोक, अर्धश्लोक, उवाच, गरी सम्पूर्ण सात सय मन्त्र रहेका छन्। यी मन्त्रहरूबाट जगदम्बाले अर्थ, धर्म, काम, मोक्ष गरी चार पुरुषार्थ प्रदान गर्ने कार्य हुन्छ भन्ने विश्वास रहेको छ । यी मन्त्रहरुको साथै दुर्गा सप्तशतीको सिद्ध मन्त्र यस प्रकार छ, जसको प्रयोग गर्दा जुन लाभ मिल्छ त्यो यस प्रकार छ ।

आपत्‍तिबाट बचनका लागि यो मन्त्रको जप गरौ

शरणागत दीनार्त परित्राण परायणे । सर्वस्यार्तिहरे देवी नारायणि नमो स्तुते।

भयको मुक्‍तिका लागि पढौ यो मन्त्रको जप गरौ

सर्वस्वरुपे सर्वेशे सर्वशक्तिमन्विते। भये भ्यस्त्राहि नो देवी दुर्गे देवी नमो स्तुते।

पापको नाशका लागि यो मन्त्रको जाप गरौ

हिनस्ति दैत्येजंसि स्वनेनापूर्य या जगत्। सा घण्टा पातु नो देवी पापेभ्यो नः सुतानिव।

रोगबाट मुक्‍ति पाउनका लागि यो मन्त्रको जाप गरौ

रोगानशेषानपहंसि तुष्टा रुष्टा तु कामान् सकलानभिष्टान् । त्वामाश्रितानां न विपन्नराणां त्वामाश्रिता ह्माश्रयतां प्रयान्ति।

शक्ति प्राप्तिका लागि यस मन्त्रको जाप गरौ

सृष्टि स्तिथि विनाशानां शक्तिभूते सनातनि। गुणाश्रेय गुणमये नारायणि नमो स्तुते।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!