आयुर्वेद

वाथ, जोर्नी दुख्ने समस्याको सफल उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

वाथ, जोर्नी दुख्ने समस्याको सफल उपचार ! आजकाल यो रोग धेरै परिवारमा देखिन थालेको छ । यो रोगको राम्रो औषधि नहुनाले धेरै पिडा उठाउन बाध्य हुनुहुन्छ । एलोपैथिक औषधि खाँदा परेसान हुनुभएको छ । कतिपय अवस्थामा एउटा रोगको उपचार गर्दा अर्को समस्या देखिन थाल्दछ ।

वाथ (Gout ) रोगको उपचारबाट आफुलाई ठिक गराउन चाहनुहुन्छ भने आयुर्वेदिक औषधि नै प्रयोग गर्नुस् भन्ने हाम्रो आग्रह छ । वाथको एलोपैथिक औषधि लामो समए खादा मिर्गौला (Kidney) मा असर हुन सक्ने खतरा बढेको हुन्छ । प्रकृतिको अनुपम उपहार हामी तपाईंलाई बताउनेछौं ।

यस्ता रोगको उपचारको जानकारी समय समयमा मैले दिदै आएको छु । आजको लेखमा मैले अनुभव गरेका वाथ रोगको सफल उपचार दिन गइरहेको छु । औषधि साधारण छ । उपचार गर्दा धैर्यताको खाँचो हुन सक्छ । औषधि खाँदा खाँदा परेसान हुनुहुन्छ भने आजैदेखि यस्ता औषधि प्रयोग गरेर फाइदा उठाउनुस भन्ने हाम्रो आग्रह छ ।

आज आफुले अनुभव गरेर प्रयोग गरेका औषधिबारे जानकारी पाउन गार्हो हुन सक्छ । मेरा हरेक लेख अनुभव गरेका हुनाले निर्धक्क भएर चलाउन सक्नुहुनेछ । यदि आफूलाई अधिक जानकारी चाहिएमा ९८५७०४०२९८ मा सोझै सम्पर्क राखेर सोध्न सक्नुहुनेछ ।

या नजिका वैद्य या आयुर्वेदिक डाक्टरको परामर्शमा यस्ता औषधि चलाएर स्वास्थ्य लाभ लिन सक्नु हुनेछ । यो युग भनेको स्वार्थमा डुबेको युग हो कसैले कसैको भलाई नसोच्ने युग हो । यहाँ जसरी हुन्छ पैसा तान्ने मात्र उद्धेश्य देखिएको छ । आउनुस औषधि खाने र के के नखाने भन्नेबारे जानौं ।

वाथ (Gout) रोगको उपचार यसरी गर्नुस

१. महा योगराज गुग्गल र महा रास्नादि काढा यो आयुर्वेदिक कम्पनीले बनाएर बजारमा ल्याएको छ ।

महा योगराज गुग्गल १ गोली औषधि दिनमा २ पटक खाने
माहा रास्नादि काढा १५ एम.एल जति समभाग पानीसंग दिनमा २ पटक ठिक नहुदासम्म खाने ।

के खाने ?

१. वाथका रोगीको पथ्यमा रोटी, दूध, मिश्री, त्रिफला, भेन्टा, लहसुन, परवल, करेला र मेवा नियमित सेवन गर्नुपर्ने\छ ।

के नखाने ?

रातो मासु, चना, बोडि, जाड र रक्सीबाट टाढा रहनुपर्नेछ ।

यो पनि पढनुहोस्

बाथ रोग र यसको उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!