आयुर्वेद

पायल्सको होम्योपैथिक र तान्त्रीक उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

Hemorrhage Piles को केसमा होम्योपैथीक औषधि र तान्त्रिक जडिबुटीबाट ठिक हुन सक्छ भन्दा कतिपयलाई पत्याउन गार्हो हुन सक्छ । तर यो सत्य हो हामीले यस्ता सरल जडिबुटीबारे जानकारी नहुनाले थुप्रै पैसा खर्च गर्ने गरेका छौं ।

आज मैले यस्तो चमत्कारिक औषधि होम्योपैथीक र अनौठो जडिबुटीबारे प्रकाश पार्नेछु। अन्तसम्म राम्रोसंग पढ्नुहोला । रक्ताअर्श Hemorrhage Pile यो रोगमा केवल रगत बग्ने हुन्छ । यसको उपचार हामीले रगत रोक्ने औषधि दिएर निको त बनाउछौं तर पुन: आक्रमण भइ नै रहन्छ ।

अधिकांश नेपालीहरूमा यो समस्या बढी देखिने गरेको पाइन्छ । हुनत नेपालीहरू बढी मसला र माछा मासु बढी मन पराउने गर्दछन् । मरमसला र माछा मासु बढी खाने अधिकांश व्यक्तिहरूलाई यो समस्या बढी देखिएको छ । गुद्धवारबाट अत्यधिक रक्तस्राप भएर रगतको कमि भएका थुप्रै केस हामीले देखेका छौं ।

विगत लामो अनुभवबाट हामीले यस्ता अनेकौं रोग ठिक गर्न सफल भएका छौं । हाम्रा पाठक साथीहरूमा कसैलाई यो समस्या छ भने यो औषधि र तान्त्रिक उपचार अपनाएर त्यसै रोग निको बनाउन पनि सक्नुहुन्छ । हाम्रो लक्ष्य भनेको यस्ता रोगको उपचार सरल तरिकाले बिना अप्रेसन ठिक होस् भन्ने हो ।

हामी नेपाली सवै धनी छैनौं सवैसंग प्रयाप्त पैसा छैन तर कम पैसामा उपचार हुन सके ठूलो उपलब्धि हुने देखिन्छ । यस्ता समस्या हल गर्न हामीले विगत लामो समयदेखि नागरिकलाई जानकारी पस्कदै आएका छौं । उपचार गर्दा गर्दा थाक्नु भएको छ भने हाम्रो फोनमा सोझै सम्पर्क राख्न सक्नुहुन्छ । ९८५७९४०२९८ मा फोन गरेर आउन सक्नुहुन्छ । आउनुस यस्तो समस्या भएका दाजुभाई दिदी बहिनीहरूले यो उपचार गरेर लाभ उठाउँ ।

१. Millefolium Q यो औषधि १५ थोपा थोरै पानीमा राखेर दिनमा ३ पटक खाने ।

२. B-17 को टेब्लेट ४ गोली दिनमा ४ पटक मनतातो पानीसंग खाने ।

३. बेलपत्रलाई शनिबार ३,४ वटा भन्नाले एउटामा ३ पात हुन्छ । त्यस्ता ३,४ वटा ल्यायर कालो धागोमा बाधेर कम्मरमा बाध्नु तत्काल दिशाबाट रगत बग्न रोक्छ भनेको छ । यो दिशा बस्ने बेला गर्नुपर्ने हुन्छ ।

नोट : यस्ता कतिपय सफल उपचार छन् तर हामीले प्रयोग गरेर लाभ उठाउन सकिरहेका छैनौं । दिशामा रगत देखिनु Hemorrhage Piles को नभई अन्य पनि हुन सक्छ । यस्तो समस्या देखिएमा डाक्टरको परामर्श लिएर उपचार गराउन सक्नु हुन्छ ।

यो पनि पढनुहोस्

बाथ रोग र यसको उपचार

 वाथ, जोर्नी दुख्ने समस्याको सफल उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!