आयुर्वेद

धतुराको तान्त्रीक उपचारबाट यसरी रोक्न सकिन्छ असमयमा हुने गर्भपतन

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धतुराको तान्त्रीक उपचारबाट यसरी रोक्न सकिन्छ असमयमा हुने गर्भपतन, जानी राखौ ! यो नितान्त गुप्त अनुभुत योग हाम्रो युगौ युगदेखि चल्दै आएको योग हो । मेरो बुबाले अरूलाई न सिकाउनु भनेर भन्नु हुन्थ्यो तर मेरो उद्धेश्य यस्ता औषधिको जानकारी हरेकलाई दिनुपर्छ भन्ने मेरो मान्यताले गर्दा आज पाठक सामु पस्कन गइरहेको छु ।

हाम्रो देशमा यस्ता अनेकौं जडिबुटी छन् तर स्वार्थ बस सवै हराउदैछन् वा भनौं लोप हुदैछन् । यसको ठोस कारण भनेको स्वार्थ भन्दा खासै फरक छैन । हामीले हमेसा सामाजिक हितमा काम गर्नुपर्छ । जानेको कुरा सिकाउदै जानुपर्छ । यस्ले बेफाइदा हुदैन फाइदा नै हुने गरेको पाइन्छ ।

आज हाम्रो देश अघि बढ्न नसक्नुको प्रमुख कारण भनेकै स्वार्थ हो भन्दा खासै फरक पर्दैन । यो युगमा पनि तान्त्रीक बुटिले गर्भपतन रोक्न सक्छ भन्नुहोला तर रोक्छ । मैले नै प्रयोग गरेर हेरेको छु । यस्ता अनेकौं पल्ट मैले अनुभव लिएकाले आजको लेखमा जानकारी पस्कन गइरहेकोछु ।

तान्त्रीक जडिबुटी भन्दा कतिपयले सोच्नुहोला यसमा मन्त्र हुन्छ होला तर होइन यसमा केवल शुद्धताको खाँचो हुन सक्छ । मन शान्तिका लागि ॐ धनुन्त्राय नमह को जाप गर्न सक्नुहुन्छ । नुहाई सकेपछि जडिबुटी उखाल्नु पर्छ । उखालेको जडिबुटीलाई पानीले धोइसकेपछी कम्मरमा बाध्नुपर्छ । कम्मरमा बाँधेर ९ महिना पुगेपछि खोलेर नदिमा फाल्नु पर्दछ ।

कतिपय साथीहरुले सोची रहनुभएको होला यसको रहस्य चाडै खोलिदिए हुने थियो तर यो लेख राम्रोसंग पटक-पटक पढेर अनुभव गर्नु भएमा फाइदा उठाउन सक्नु हुनेछ । तान्त्रीक जडिबुटी नेपालमा प्रशस्त छन् तर नजान्नाले प्रयोग हुन सकि रहेका छैनन् ।

आउनुस म हजुरहरूलाई क्रमश: मेरो सास रहदासम्म सिकाउदै जानेछु । आजको यो लेखमा धुतुरा जस्तै थुप्रै जडिबुटीको तान्त्रीक प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे प्रकाश पार्नेछु । मेरा हरेक लेख पढ्न नभुल्नु होला नत्र मेरो परिश्रम खेर जानेछ । यस्ता लेख पाउन गार्हो छ ।

धतुरालाई तान्त्रीक प्रयोग कसरी गर्ने ?

१. पटक-पटक गर्भपतन हुदै आएको छ भने यो तान्त्रीक विधी अपनाउनु होला अवस्य सफल हुनेछ । धतुराको जरालाई आइतबार शनिबार उखालेर ल्याउनुहोस् धुप बालेर यस्लाई शुद्ध पारेर सानो टुक्रालाई कालो धागोमा बाँधेर कम्मरमा बाँधी दिनुहोस् । ९ महिना अघि नफाल्नु होला पुरा महिना पुगेपछि निकालेर नदिमा बगाई दिनुहोला यो समस्या हल हुनेछ ।

नोट : विश्वासपुर्बक गरेको जस्तोसुकै काम सफल हुन सक्छ । महिलाहरूको असमयमा हुने गर्भपतन गर्भाशयको अन्य खराबीले पनि हुन सक्छ । अन्य खराबी देखिएमा डाक्टरको परामर्शमा उपचार गर्न सक्नु हुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

तान्त्रीक जडिबुटीको प्रयोग

बरको ताँन्त्रीक प्रयोग

आँकको ताँन्त्रीक प्रयोग

धतूरोको तान्त्रीक प्रयोग

तुलसीको तान्त्रीक प्रयोग

अपमार्गको तान्त्रीक प्रयोग

तिलको तान्त्रीक उपयोग

धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग

जडिबुटीद्वारा हिप्नोटाइज्ड गर्ने तरिका

बुटी बाधेर पनि के रोग निको हुन सक्ला त ?

कालो हलेदोको सफलाताको तान्त्रीक रहस्य

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!