मुख्य समाचार

सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ को सप्ताहव्यापी कार्यक्रमको तालिका

२७ भदौ, काठमाडौँ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असोज १ गते ‘राष्ट्रिय विज्ञान दिवस’ राष्ट्र ब्यापी अभियानको रुपमा भव्यताका साथ मनाउने भएको छ । यस वर्षको राष्ट्रिय बिज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ । हिजो भदौ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिइएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा विज्ञानलाई प्रश्रय दिँदै साताव्यापी रुपमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउन शुरु गरेको छ । उक्त दिवसको मूल समारोह समितिको मुख्य कार्यक्रम आउँदो असोज १ गते राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा बिहान ९ बजेदेखि शुरु हुनेछ । सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ को सप्ताहव्यापी कार्यक्रमको तालिका यस्तो छ हेर्नुहोस् ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

सातौँ राष्ट्रिय विज्ञान दिवस २०७६ को बारेमा पत्रकार सम्मेलनको आयोजना

यस्तो छ राष्ट्रिय विज्ञान दिवस-२०७६ को नारा

सरकारले असोज १ गते ‘राष्ट्रिय बिज्ञान दिवस’ भव्यताका साथ मनाउने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!