Featuredविज्ञान

विज्ञान प्रविधिको विकास गर्दै आधुनिक, विकसित र समृद्ध नेपाल बनाउने चाहना : प्रधानमन्त्री ओली

काठमाडौं, असोज १ । आज असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइएको छ । ‘स्वस्थ र गुणस्तरिय जीवनका लागि विज्ञान’ भन्ने मूल नाराका साथ भोलि आठौं राष्ट्रिय विज्ञान दिवस मनाइएको हो । यो वर्ष कोरोना भाइरसको महामारीका कारण विज्ञान दिवसका कार्यक्रम भर्चुअल विधिबाटै मनाइँयो । भर्चुअल रुपमा जुम मार्फत आयोजना हुने आठौं विज्ञान दिवसको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेका थिए ।

आज आठौ राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यको अवसरमा सम्वोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले देश विज्ञान प्रविधिको मार्फतबाट काचुली फेर्न सक्ने बताए । विज्ञान प्रविधिको विकास गर्दै आधुनिक, विकसित र समृद्ध नेपाल बनाउने चाहना रहेको बताउदै उनले यसको लागि अब कुरेर बस्ने बेला नभएको बताए ।

उनले भने “आजको युग भनेको विज्ञान र प्रविधिको युग हो । हामि पनि विज्ञान प्रविधिको दोडमा सहभागि हुन् चाहिरहेका छौ । तरपनि विभिन्न कारणले हामि पछि परहेका छौ तर अब हामि पछि पर्ने कारण छैन ।” नेपाल ज्ञानहरुको सिर्जना गर्दै अघि बढेको इतिहास कोट्याउदै प्रधानमन्त्रीले विभिन्न कारणले पछिल्लो समय पछि परेको भएपनि अब सम्वृद्धिको दिशातर्फ अघि बढिसकेको बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले स्वागत मन्तब्य राखेका थिए भने मन्त्री गिरिराजमणि पोख्रेल, पूर्वमन्त्री गणेश शाह लगायतले सम्वोधन गरेका थिए । आज असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । ‘स्वस्थ र गुणस्तरिय जीवनका लागि विज्ञान’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा कार्यक्रम आयोजना भइरहेको छ ।

भर्चुअल रुपमा आयोजना भएको आठौं विज्ञान दिवसको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी रहेका थियो । बिहान ९ बजेबाट सुरु भएको कार्यक्रममा मन्त्री, प्रदेश सरकारका समाजिक विकासमन्त्री, सचिव र अन्य विशिष्ट व्यत्तिहरु गरि १५० बढिको सकृय सहभागिता रहेको थियो ।

यो सप्ताहब्यापी कार्यक्रम भएकाले यसअघि देखि नै विज्ञान दिवसका कार्यक्रमहरु सुरु भइसकेका छन् । नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने उदेश्यका साथ २०६९ साल मंसिर ८ गते निर्णय गरी हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तय गरेको थियो ।

विसं २०७० देखि हरेक वर्ष असोज १ गते फरक-फरक नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउने गरिएको छ । विज्ञान तथा प्रविधि क्षेत्रका व्यक्ति र संस्थाहरूलाई सशक्त रूपमा परिचालन गर्न, जनचेतनाको काम गर्न र नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्न यो दिवस मनाउने गरिएको हाे ।

विज्ञान प्रविधि क्षेत्रका सरोकार निकायहरु, प्रदेश तथा स्थानीय तह, विद्यालय, विश्वविद्यालय लगायतको सहकार्यमा साताव्यापी कार्यक्रम सञ्चालन भइ सकेको छ । साताव्यापी कार्यक्रममा विज्ञान हाजिरीजवाफ, निबन्ध प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, वेबिनार, कला र आविष्कारकाे प्रदर्शनी, युवा वैज्ञानिक छलफल लगायत भइसकेको छ ।

दिवसमा विज्ञान तथा प्रविधि क्षेत्रका विभिन्न नीति र कार्यक्रमको समिक्षा हुनेछ । विभिन्न प्रदेशमा शिक्षामा विज्ञानको भूमिका बढाउने उद्देश्यले सेमिनार, निबन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, वक्तृत्वकला लगायत भइ सकेको छ ।

यो पनि पढ्नुहोस्

आज आठौं राष्ट्रिय विज्ञान दिवस भर्चुअल रुपमा मनाइँदै, प्रधानमन्त्री प्रमुख अतिथि

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!