Featuredविज्ञान

आज आठौं राष्ट्रिय विज्ञान दिवस भर्चुअल रुपमा मनाइँदै, प्रधानमन्त्री प्रमुख अतिथि

काठमाडौं, असोज १ । आज असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइँने भएको छ । ‘स्वस्थ र गुणस्तरिय जीवनका लागि विज्ञान’ भन्ने मूल नाराका साथ भोलि आठौं राष्ट्रिय विज्ञान दिवस मनाइने भएको हो ।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण विज्ञान दिवसका कार्यक्रम भर्चुअल विधिबाटै मनाइँदैछ । भर्चुअल रुपमा जुम मार्फत आयोजना हुने आठौं विज्ञान दिवसको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेका छन् । बिहान ८ः४५ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

यो सप्ताहब्यापी कार्यक्रम भएकाले यसअघि देखि नै विज्ञान दिवसका कार्यक्रमहरु सुरु भइसकेका छन् । नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने उदेश्यका साथ २०६९ साल मंसिर ८ गते निर्णय गरी हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तय गरेको थियो ।

विसं २०७० देखि हरेक वर्ष असोज १ गते फरक-फरक नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउने गरिएको छ । विज्ञान तथा प्रविधि क्षेत्रका व्यक्ति र संस्थाहरूलाई सशक्त रूपमा परिचालन गर्न, जनचेतनाको काम गर्न र नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्न यो दिवस मनाउने गरिएको हाे ।

विज्ञान प्रविधि क्षेत्रका सरोकार निकायहरु, प्रदेश तथा स्थानीय तह, विद्यालय, विश्वविद्यालय लगायतको सहकार्यमा साताव्यापी कार्यक्रम सञ्चालन भइ सकेको छ । साताव्यापी कार्यक्रममा विज्ञान हाजिरीजवाफ, निबन्ध प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, वेबिनार, कला र आविष्कारकाे प्रदर्शनी, युवा वैज्ञानिक छलफल लगायत भइसकेको छ ।

दिवसमा विज्ञान तथा प्रविधि क्षेत्रका विभिन्न नीति र कार्यक्रमको समिक्षा हुनेछ । विभिन्न प्रदेशमा शिक्षामा विज्ञानको भूमिका बढाउने उद्देश्यले सेमिनार, निबन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, वक्तृत्वकला लगायत भइ सकेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!