राजनीति

विदेश नै किन जाने यहाँ फलाउन सकिन्छ सुन

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज शिक्षित युवा विदेश पलाएन भए आखिर किन यस्तो भयो यसको सहि जवाफ हो यहाँको शिक्षा नीति । यहाँ हामीलाई टेक्निकल शिक्षाको खाँचो छ । विदेशी शिक्षा घुसाउनुको मुख्य उद्धेश्य भनेकै नेपाली युवालाई पलायन गराउनु हो । तर पढेको शिक्षाले भन्दा उसले सिकेको अनुभव नै महत्वपूर्ण सावित भएको छ ।

नेपालमा युवाले आफ्नो सक्रियता देखाउन सके मलाई लाग्छ यहाँ सुन फलाउन सक्छन् । आउ बाबु खाउ त केवल बाबु आमाले मात्र भन्छन् बाहिर खोसेर खान जान्नुपर्छ । मेरो भन्नुको अभिप्राय अरूले जोडेको मेहनत गरेको सम्पत्ती खोसेर खाउ भन्न खोजेको होइन ।

सरकारी ढुकुटी जनताको नासो पनि हो । यदि जनताको छोरा छोरीलाई पढाएर बेरोजगार बनाउने अधिकार कसैलाई पनि छैन । उनीहरुलाई सो रोजगार दिन सक्नुपर्छ । शिक्षा दिन सक्नेले रोजगार दिन पनि सक्नुपर्छ ।

नेपाली हामी रहौला कहाँ देश विकास नभएसम्म । हामीले देशको विकासमा हातेमालो गरेर अघि बढ्न सक्नुपर्छ । बेरोजगारको अन्त केवल उद्योगबाट मात्र सम्भव छ । युवा नलडे यो देशको नाम समेत मेटिने छ । नेपाली बेरोजगार छन् तर बिदेशीले डलर बाहिर लगी रहेका छन् ।

हामी नेपाली स्वेदशमा मेहनत गर्दैनौं, विदेश गएर पछुताउछौं । कुखुरापालन, माछापालन, बाख्रापालन र गाँउमै खुद्रा पसल सञ्चालन गर्न सके पैसा यही छ । विदेशमा गर्ने मेहनत आफ्नै भुमिमा गर्यो भने सुनै फलाउन सक्छौं भने यहाँ नेपालमै सबै कुरा सम्भव छ ।

नेपालमा जसको सरकार आएपनि स्वदेशमै रोजगारी दिने खालको कार्यक्रम नहुँदा हजारौं युवा बिदेसिन बाध्य भएका हुन् । निर्वाचनको बेला भोटको लागि मात्रै थुप्रै आश्वसन दिने गर्दछन् चुनाव जिती सकेकेपछी वास्ता नगर्दा युवाहरुको विदेसिनुपर्ने अवस्था आएको हो ।

आफुले जिते घरघरमा रोजगारी, विदेश जानुपर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने नेताहरु जिती सकेकेपछी गाउँका मुख समेत नदेखाउने गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

लोकतन्त्र र वर्तमान राजनीति

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

परिवर्तन कुन चराको नाम हो ?

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!