स्वास्थ्य

औषधीको अनुगमन गर्न किन आवश्यक छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

औषधीको अनुगमन गर्न किन आवश्यक छ ? यसकारण गर्नुपर्छ औषधीको अनुगमन । कुनैपनि गलत काम भएको छ भने त्यो रोक्न छानबिन गर्न खटिएको टोलीलाई अनुगमन टोली भन्दछन् । जानी नजानी यदि कसैले गलत काम गर्छ भने सचिने समय तोकिएको हुनुपर्छ । मानिस भएपछि उसले गल्ती नगर्ला भन्न सकिदैन । गल्ती हुन नदिन समय समयमा अनुगमन हुन आवश्यक छ ।

अनुगमनकर्ताको पनि गल्ती नहोला भन्न सकिदैन । विगतको पाना पल्टाउदा अनुगमनको गलत हर्कतको कारणले कतिपयलाई दु:ख दिइएको थियो । दर्ताको लागी अफिस धाउदा कर्मचारी नहुने तर कर्मचारी कहाँ छ भन्ने कुराको अनुगमन नहुँदा सेवाग्राही मार्कामा परेको हामीले पाएका थियौँ ।

सवै गल्ती व्यवसायीको पनि नहुन सक्छ । आज अधिकार प्राप्त गरेको व्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गर्छ भने त्यसलाई सहि मान्नु पनि गलत हुन सक्छ । एक्सपाएर भएका कुनैब पनि वस्तुको प्रत्यक्ष निगरानी हुनुपर्छ । स्वास्थ्यसंग खेलवाड गर्ने जुनसुकै व्यक्ति सजायको भागी हुन सक्छ ।

आजकल एक्सपाएर भएका सामानहरू फिर्ता गर्ने परिपाटी देखिएको छ । यदि त्यस्ता बस्तु बिक्री-वितरण गर्छ भने उसलाई दोषी ठहराउनु राम्रो हो । उ सजायको भागी छ तर पेटीमा फिर्ता गर्न राखिएका बस्तुलाई अनुगमनकर्ताले नष्ट गर्नु सरासर गलत ठहर छ ।

औषधिकै कुरा गर्नुपर्दा कुनैपनि औषधि एक्पाएर हुन्छ भने पसलको कुनै हानी नोक्सानी हुदैन बरू कम्पनिको हुन सक्छ । हरेक औषधि व्यवसायीले जानी-जानी यस्ता औषधि बेच्छन जस्तो मलाई लाग्दैन यदि बेच्छ भने उसले दर्ता नगरी औषधि पसल खोलेको हुनुपर्छ ।

सामान खरिद गर्दा सबैभन्दा पहिले सकिने म्याद हेरेर सामान खरिद गर्ने परिपाटी सहि हुन आवश्यक छ । आज होलसेल पसलबाट आएका औषधिको म्याद कति छ भन्ने रेकड राख्न र तिन महिना पुर्ब फर्काउने व्यवस्था मिलाउन आवश्यक छ । यस्ता औषधि फिर्ता Replacement कम्पनीले गरेको हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

आयुर्वेद वा एलोपैथिक उपचार बिधि कुन ठिक ?

औषधि सेवनमा ध्यान दिनुपर्ने कुरा

एन्टीबायोटिक्स भनेको के हो ?

एन्टीबायोटिक्स एमोक्सिसिलिन र यसको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!